नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सोमबार १० अर्बको ट्रेजरी बिल बिक्री गरिँदै
काठमाडौँ । लगातार टे«जरी बिलको बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले पुनःसोमबार त्यस्तै बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट रु १० अर्ब ३३ करोड बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको बैंंकले आज एक सूचनामार्फत जानकारी दिएको छ ।
बैंकका अनुसार रु चार अर्ब तीन करोड बराबरको टे«जरी भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यस्तै रु चार अर्ब ३० करोड बराबरको टे«जरी १८२ दिनका लागि र रु दुई अर्ब बराबरको टे«जरी ३६४ दिनका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ । यसअघि यही चैत ४ गते रु १३ अर्ब ५१ करोड बराबरको त्यस्तै बिल बिक्री गरेको थियो । यस्तै बैंकले आज मात्रै रु पाँच अर्ब बराबरको रिपो बोलकबोल गरेको छ ।