हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
सुमार्गीको जग्गा विप्लव समूहद्वारा कब्जा
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले व्यापारी अजयराज सुमार्गीको जग्गा कब्जा गरेको छ । सुमार्गीको नाममा रहेको २५ रोपनी विप्लव समूहले कब्जा गरेको छ ।
शनिबार नेकपा विप्लव माओवादी कास्कीले एक विज्ञप्ति जारी गरी सुमार्गीको जग्गा कब्जामा लिएको दाबी गरेको हो ।वासचन्द्र सिग्देल, रामचन्द्र र हरिचन्द्र सिग्देलको नाममा रहेको जग्गा आफ्नो कब्जामा रहेको विप्लव समूहले दाबी गरेको छ । सो जग्गा २०७१ असार २६ मा सुमार्गीको स्वामित्वमा रहेको कम्पनी मुक्ति श्री प्रालिलाई दुई करोडमा विक्री गरेको माओवादीको दाबी छ ।