What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
हुस्सु र कुहिरोले अधिकांश हवाइ उडान अवरुद्ध
What To Know
- हुस्सु र कुहिरोका कारण भिजिबिलिटी ४०० देखि ६०० मिटर मात्र रहेकाले विमानस्थल बन्द गरिएको र सोही कारण नेपालगन्जबाट पहाडी जिल्ला तथा काठमाडौँका लागि हुने कुनै पनि उडान मङ्गलबार दिउँसो १ बजेर ५० मिनेटसम्म हुन नसकेको कार्यालयले जनाएको छ।.
- विमानस्थल बन्द रहेकाले नेपालगन्जबाट पहाडी जिल्लातर्फ बिहान हुने सबै उडान रद्द गरिएका छन् भने काठमाडौँका लागि हुने सबै उडान अवरुद्ध भएका छन्। सोमबार पनि दिउँसो १ बजेर ३० मिनेटपछि मात्र विमानस्थल खुलेपछि उडान भएको थियो। त्यसअघि बिहानका सबै उडान रोकिएका थिए।.
नेपालगन्ज, पुस ८ गते । बाक्लो शीतलहर र कुहिरोका कारण भिजिबिलिटी कम हुँदा मङ्गलबार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट हुने सबै उडान प्रभावित भएकाे छ ।
नागरिक उड्डयन कार्यालय नेपालगन्जका अनुसार मङ्गलबार बिहानैदेखि बाक्लो हुस्सु, कुहिरो र चलेको शीतलहरका कारण विमानस्थल बन्द रहँदा सबै हवाई उडान रोकिएका हुन्।
हुस्सु र कुहिरोका कारण भिजिबिलिटी ४०० देखि ६०० मिटर मात्र रहेकाले विमानस्थल बन्द गरिएको र सोही कारण नेपालगन्जबाट पहाडी जिल्ला तथा काठमाडौँका लागि हुने कुनै पनि उडान मङ्गलबार दिउँसो १ बजेर ५० मिनेटसम्म हुन नसकेको कार्यालयले जनाएको छ।
विमानस्थल टावरका अनुसार हवाई उडानका लागि आवश्यक भिजिबिलिटी नपुग्दा उडान सुरु गर्न सकिएको छैन। टावरले दिएको जानकारीअनुसार जहाज उडाउन कम्तीमा एक हजार मिटर र जहाज उतार्न एक हजार ६०० मिटर भिजिबिलिटी आवश्यक पर्ने भए पनि मङ्गलबार दिउँसो १ बजेर ५० मिनेटसम्म ६०० मिटरभन्दा बढी भिजिबिलिटी नहुँदा उडान सम्भव नभएको हो।
विमानस्थल बन्द रहेकाले नेपालगन्जबाट पहाडी जिल्लातर्फ बिहान हुने सबै उडान रद्द गरिएका छन् भने काठमाडौँका लागि हुने सबै उडान अवरुद्ध भएका छन्। सोमबार पनि दिउँसो १ बजेर ३० मिनेटपछि मात्र विमानस्थल खुलेपछि उडान भएको थियो। त्यसअघि बिहानका सबै उडान रोकिएका थिए।
काठमाडौँबाट नेपालगन्जका लागि बिहान ७ बजेर २० मिनेटमा बुद्ध एअरको जहाज उड्ने नियमित तालिका भए पनि विमानस्थल बन्द रहेकाले हालसम्म उडान हुन नसकेको बुद्ध एअर नेपालगन्जका प्रमुख विनीतविक्रम शाहले जानकारी दिनुभयो।
उहाँका अनुसार नेपालगन्ज विमानस्थल खुलेपछि मात्र काठमाडौँबाट जहाज उडाइनेछ। हाल नेपालगन्जबाट काठमाडौँका लागि श्री एयरलाइन्सका चार, बुद्ध एयरलाइन्सका चार र यति एयरलाइन्सका दुई नियमित उडान सञ्चालन हुँदै आएका छन्। त्यस्तै नेपालगन्जबाट पहाडी जिल्लातर्फ पनि बिहान बढी उडान हुने गरेका छन्।
नेपालगन्जबाट हवाई उडान अवरुद्ध भएपछि काठमाडौँ र पहाडी जिल्लातर्फ यात्रा गर्ने यात्रुहरू समस्यामा परेका छन्। टिकट लिएका अधिकांश यात्रुहरू जहाजको प्रतीक्षामा विमानस्थलमै बसिरहेका छन्।






