ब्लग : हाम्रो महान पर्व बडा दशैं !

हरिपूर्व निरौला
हामी हिन्दुहरुको महान पर्व बडा दशैं संघारमै छ । तर उतिबेला जस्तौ रौनक छैन, जुन हामी केटाकेटी भएको बेलामा हुन्थ्यो । कतै देखिँदैन त्यस्तो, यस्तो अनुभुती मैले मात्रै होइन धेरैले गरिरहनुभएको होला, सायद । विभिन्न साना साना पर्वहरुबाट शुरु भएर जब बडा दशैं आउँथ्यो त्यो समयमा अत्यन्तै हर्सउल्लास, आफन्तसँगको भेटघाट सानाले ठूला बडाबाट लिइने आर्शिवाद अनि दशैंको ९ दिनसम्म हुने नवरात्री पूजाले दिने रामाइलो र आनन्द शब्दमा वर्णन गर्न सकिन्न ।

तर आजभोलि समयक्रमसँगै दशैको रौनक बदलिएको छ । हाम्रा रितीरिवाज, परम्पराहरु पनि बदलिदै गएका छन्, हराउँदै गएका छन् । पर्व मासिनु भएको पहिचान मासिनु पनि हो । आज भोलि पर्व मनाउन तिथिमिति भन्दा पनि मानिसहरुको फुर्सद मिल्नुपर्छ । सबै आआफ्नो काममा व्यस्त छन् । कसैलाई फुर्सद छैन । यस्तै हो भने हाम्रा थुप्रै संस्कृतिहरु लोप भएर नजालान भन्न सकिन्न ।

‘सहरिया मान्छे’ ‘सहरिया संस्कार’ अचेल नेपालीको ढाँचा नै अर्कै छ । पहिलेकै जमानामा जस्तो छैन । रहनसहन फेरिए । भन्न त जमाना बदलियो भन्छन् मान्छेहरु । जब दशैँको बिदा हुन्छ त पहिले मान्छे गाउँ गाउँ जान्थे रमाइलो गर्थे चाड पर्व के हो हुर्किदै गरेका आफ्ना सन्ततीहरुलाई सिकाउँथे, देखाउँथे र अहिलेसम्म रिति रिवाज संस्कार र परम्परा जेनतेन पुस्तान्तरण हुँदै आएको छ । तर नयाँ पुस्ताले अब हाम्रा रिति रिवाज र संस्कारप्रति चासो नै दिन छोडेको छ । परिवर्तित रहनसहन र लवाई खबाईले गर्दा जीपनपद्धति र पर्व मनाउने तौरतरिका पनि बदलिएको छ । हरेक चाड पर्वहरुको नेपाली मौलिकता हराउँदै गएको छ ।

अब, त दशैँ घुम्न जाने गतिलो अवसर बन्न थालेको छ । हरेक वर्ष दशैं तिहारको विदामा स्वदेश तथा विदेशमा घुम्न जाने नेपालीहरु बढ्दै गएका छन् । अरु बेला कामकाजमा व्यस्त रहने हुँदा दर्शैको लामो बिदाको मौकामा घुमघाम गरेर विताउने एक खालको लहड जस्तै बनेको छ । जब कि यस्तो चाडपर्वको बेलमा विदेशी नागरिकले दोस्रो संस्कार सिक्नको लागि आइरहेका हुन्छन्, भने हामी किन पाश्चात्य दर्शनतिर लागिरहेका छौं । कुनै दिन यस्तो नहोला भन्न सकिदैन कि विदेशीले नेपाली दशैं मनाइरहँदा नेपालीका छोराछोरी अहिले विदेशी पर्यटक आए जसरी अवलोकन गर्न आउने अवस्था सिर्जना हुने त होइन !

दशैं त्यत्तिकै दशैं भएको होइन । परापूर्वककालदेखि आजका दिनसम्म आउँदा पनि दशैंलाई एउटा विजय उत्सवको पर्वको रुपमा मनाइँदै आइएको छ । हिन्दु दर्शनशास्त्रमा जुनकुरालाई उजागर गरिएको छ । दशैंको बारेमा अत्यन्तै महत्वपूणर् छ । जब बडा दशैंको टीका लगाएर आफ्ना अग्रजहरुबाट आशिर्वाद लिएर अगाडि बढिन्छ । तब कुनै पनि काममा पराजय हुँदैन भन्ने एउटा अलौकिक विश्वास रहिआएको छ ।

पर्यटन प्रवर्द्धन र नेपालको समृद्धि

बदलिएको समयसँगै शहरियाहर गाउँमा जानेको चटारो बढ्न लागेको छ । देशका प्रमुख शहरहरुबाट गाउँ जाने सवारीमा यात्रुको चाँप बढ्न थालेको छ । पेसा व्यवसाय, अध्ययन र अवसर खाज्दै विभिन्न ठाउँबाट सदरमुकाम तथा अन्य ठूला सहरहरुमा बस्दै आएकाहरु अब गाउँ फर्किन लागेका छन् । एक दुई दिन भए पनि सहरको व्यस्त दैनिकी र कोलाहलबाट टाढा सुन्दर शान्त प्यारो गाउँ फर्केर साथीसँगी भेटघाट गर्ने र आशिर्वाद लिने अवसर आएको छ ।

विश्वव्यापी कोरोना महामारीपछिको सामान्य वडा दशैं हो यो, तर पनि विभिन्न अरु संक्रामक रोगहरु डेङ्गु, डाइरिया लगायत अन्य फ्लूका कारण आम नागरिकमा एक प्रकारको भय कायम नै छ । त्यही पनि दर्शैको रमझम आएको छ । कहिले कहाँ, कसरी कसलाई के हुन्छ भन्ने ठेगान छैन । तर पनि सबै आआफ्नो तयारी आआफ्नो हिसावले गरिरहेका छन् ।

यात्रा संस्मरण : दशैं बिदा मनाउन एउटा उत्कृष्ट गन्तव्य, अन्नपूर्ण पदयात्रा !

यस वर्ष विभिन्न कारणले गर्दा सदाको जस्तो चहलपहल भने देखिदैन । किन कि कोरोनाको कहरले पूरै विश्व अर्थतन्त्र एकप्रकारले तहसनहस नै भएको थियो । विस्तारै अर्थतन्त्र तङ्ग्रिदैछ । फजुल खर्च गरेर पर्व मनाउने होडबाजी चल्न थालेको बर्तमान समयमा चाडको चटारो बढ्दैछ ।

मौलिक परम्पार धरापमा परे पनि पर्वका मौकामा हुने एकप्रकारको रमाइलो त छ । गाउँमा एक दुई दिन भए पनि छोराछोरी आउँछन् भनेर बुढा बाआमा अब त दशैं आयो भनेर खुशी छन् । दिन गनेर बसेका छन् । बालबालिकाहरुमा पनि हाम्रा पालामा जस्तो नभए पनि एकप्रकारको खुशी छ । चार्डपर्व हाम्रा संस्कृति र मौलिक पहिचान हुन् यसको जगेर्ना गर्नुपर्छ । देखासिकी नगरौं, परिवार आफन्त रमाइलो गरी दशै मनाऔं ।
विजया दशमीको सबैलाई शुभकामना !

आज भोलि

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *