पर्यटन प्रवर्द्धन र नेपालको समृद्धि

हरिपूर्व निरौला
दक्षिण एसियामा यस्तो प्राकृतिक सुन्दरताले हराभरा कुनै देश छ त त्यो हो, हाम्रो देश नेपाल । कतिपय देशमा उजाड मरुभूमी हुँदा हुँदै पनि विभिन्न कृत्रिम निर्माण गरेर देशको आर्थिक उन्नतिमा टेवा पुर्‍याइरहेका छन् । अब हाम्रो नेपालमा भने प्रकृतिले दिएको यस्तो प्राकृत्रिक सौन्दर्यको दुरुपयोग मात्र होइन दोहन भइरहेको छ । उचित मूल्याङ्कन गरी पूर्वाधारको विकास गरेर देशको बजेटलाई पर्यटनमुखी बनाएर केही वर्षसम्म पर्यटन प्रवद्र्धन गर्ने भने नेपालको आर्थिक समृद्धिको सपना पूरा गर्न लामो समय लाग्ने छैन । यसले विश्वमा नेपालको छुट्टै पहिचान स्थापित गर्न टेवा पुग्नेछ । विश्वका लागि प्रमुख पर्यटकीय आकर्षक गन्तव्य बन्न सक्छ ।

देशमा रहेका विभिन्न नदि, ताल, तलैया झरनाहरुको अवलोकन गरी त्यस स्थानसम्म पुग्ने संरचनाको विकास गरी उचित रुपमा प्राकृतिक सम्पदाको विकास गरी विकास पूर्वाधारहरुको निर्माण गरी आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षक केन्द्र बनाउन सकिन्छ । त्यसका थुप्रै सम्भावनाहरु छन् ।

विभिन्न प्रकारका आधुनिक पूर्वाधार निर्माण तथा वैज्ञानिक आविस्कारहरुको यो समयमा प्रकृतिमै रमाउने वातावरणले सिर्जना गरी मनोरम दृश्य र वातावरणीय स्वच्छता, सुन्दरतालाई ध्यानमा राखेर पर्यटन प्रवद्र्धनमा जोड दिँदै दीगो विकासको सिद्धान्तलाई अवलम्बन गरी पूणर् रुपमा नेपालको पर्यटन सम्बन्धि विद्यमान व्यवस्थालाई आवस्यकता अनुसार परिमार्जन गर्नु पनि आवस्यक छ ।

चार जात छत्तिस वणर्को फूलबारी नेपाल राष्ट्रलाई विश्व सामु विभिन्न सांस्कृतिक, सामाजिक तथा तिनका ऐतिहासिक तथ्यहरुको प्रदर्शन, संरक्षण गरेर पर्यटनमा ठूलो टेवा पुर्‍याउन सकिन्छ । त्यसैले त्यस्ता सांस्कृतिक महत्वका सामाग्रीहरुको विकास र प्रचार गरी ठाउँठाउँमा पर्यटकहरुको सुविधाका लागि विभिन्न सूचना केन्द्रहरुको स्थापना गरी सिङ्गो नेपाल र नेपालीको आर्थिक उन्नतिका लागि पर्यटन विकास गर्न जरुरी देखिन्छ । समृद्ध नेपाल, सुखी नेपालीको नाराले तब मात्रै सार्थकता पाउन सक्छ ।

चुनौति र राजनीति

हरियो वन नेपालको धन भन्ने नारालाई मूर्तरुप दिनानुदिन भइरहेको वन तस्करी, फडानी र नियोजित आगजनीका घटनाहरुलाई मध्यनजर गरी उचित रुपमा त्यसको समाधान गर्नुपर्छ । वन फडानी रोक्नुका साथै खाली ठाउँमा वृक्षारोपण नेपालको हरियालीलाई जोगाउनुपर्छ । विभिन्न संघसंस्थाहरु जो जङ्गल र प्राकृतिक सम्पदाको संरक्षणमा आवद्ध छन् । तिनीहरुको सहभागितामा नेपालको सम्पदालाई संरक्षण प्रवद्र्धन गर्न सकिन्छ । विश्वका केही मूलुकहरुले आफ्नो मरुभुमी तथा समुद्रमाथि कृत्रिम संरचना खडा गरेर पर्यटकीय गन्तव्य बनाएका छन् । जसले मूलुकको अर्थतन्त्रमा ठूलोमा योगदान पुगेको छ । आर्थिक विकासमा प्रत्यक्ष प्रभाव पारेको छ । तर, नेपालमा भने विभिन्न विदेशी चलखेल र अराजक गतिविधिका कारण उचित पर्यटकीय व्यवस्था हुन सकिरहेको छैन । यस्ता सबै पद्धति र देशको हित विपरितका ऐन कानूनलाई बेलैमा संशोधन गर्नुपर्छ । देशको समृद्धिका लागि पर्यटन प्रवद्र्धनका कामलाई जोड दिनु जरुरी छ । धर्म, संस्कृति, परम्परा तथा विभिन्न समुदायलाई समग्र रुपमा समेटेर तिनका सांस्कृतिक, धार्मिक सम्पदाको संरक्षण गर्नुपर्छ । बहुभाषिक, बहुसांस्कृतिक र बहुआयामिक सम्भावनाको धनी मूलुकको रुपमा नेपाललाई विश्वसामु चिनाउन सकिन्छ ।

‘देशको दुर्भाग्य’ !

विश्वका कतिपय मूलुकहरुले नेपाललाई अहिलेसम्म पनि संकुचित नजरले हेर्ने गरेको जगजाहेरै छ । यो नलुकेको एउटा तितो यथार्थ हो । त्यसैले नेपालको पर्यटन क्षेत्रलाई दीगो विकास गरी एउटा सक्षम समृद्ध नेपाल बनाउन र विश्वसामु चिनाउन तथा आफ्नो एउटा छुट्टै पहिचान स्थापित गर्न पनि पर्यटन प्रवद्र्धन गर्नु जरुरी छ ।

नेपालको पर्यटनलाई अर्थतन्त्रमुखी बनाएर नेपालको सिङ्गो विकासको मोडल तयार पार्न सकिन्छ । त्यसका लागि स्थानीय सरकारको महत्वपूणर् भूमिका रहन्छ । अग्ला डाँडा गिज्याउने भ्यु टावर निर्माणले मात्र पुग्दैन स्थानीय संस्कृति, स्थानीय पहिचान त्यहाँको रैथाने शैली संरक्षण र व्यवसायीकरण, व्यवस्थित घरबास, अथेन्टिक परिकार प्रवद्र्धन गर्नु आवस्यक छ ।

जय देश, जय पर्यटन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *