‘देशको दुर्भाग्य’ !

हरि पूर्व
प्राचीन इतिहासदेखि लिएर आजसम्मको कयौं वर्षलाई हेर्दा यस्तो चपेटामा परेको देखिदैन हाम्रो भूपरिवेष्ठित राज्य नेपाल । सारा दुनियाँमा एक मात्र यस्तो राज्य रहेको नेपाल जहाँ अङ्ग्रेज शासकले खुट्टा राख्ने प्रयाश गर्दा छँदा खाँदा राज्य गरिरहेको भारतबाट पनि गोर्खाली फौजको खुकुरी र खुँडाको भरमा लखेटिनु परेको इतिहास आज पनि सबैको सामु उदाहरणीय छ ।

तर, यस्तो कृतिमान र पुर्खाको स्वाभिमान अनि देशको सार्वभौमसत्ता र धार्मिक सहिष्णुतलाई असर पर्ने गरी चालिएका अराजक र अमर्यादित कदमले आज हाम्रो देश कहाँ र कता जाँदैछ ? कुन गन्तब्यमा पुग्ने हो ? भन्ने आंकलन गर्न नै जटिल भइरहेको यो स्थितिमा पनि नेपालको राजनीतिक दहरुले गुलामी विकाउ र भड्काउ प्रबृतिका कारण नेपाल दिनानुदिन दलदलको भुमरीमा रुमलिरहेको छ । कुनै दिन यस्तो गरी फस्ने छ, दलदलमा निस्कन त के आफ्नो अस्तित्व नै जोगाउन सक्दैन भन्न सकिन्न । यस्तै प्रबृतिलाई निरन्तर चलिरहन दिने हो भने हाम्रो देशले र नेपाली बीर गोर्खालीका सन्ततीले आफ्नो अस्त्वि रक्षा कसरी गर्ने होला ? यो गम्भीर प्रश्न हाम्रा अगाडी तेर्सिएको छ ।

जति पनि राजनीतिक दलहरु छन्, तिनीहरुको न त कुनै एउटा ठोष एजेण्डा छ न त कुनै परराष्ट्र नीति नै छ । देश विकासका कठिनाइहरुको निकासका लागि कुनै भिजन नै छ । नेताहरु साउनको खहरे जस्तो चुनाबका सिजनमा उर्लिन्छन् मसँग, मेरो पार्टीसँग देशलाई यस्तो बनाउने उस्तो बनाउने भन्ने भिजन छ एजेण्डा छ, म यस्तो गर्छु, उस्तो गर्छु भनेर भाषण गर्छन् प्रलोभन देखाउँछन्, तर, खै त अहिलेसम्म गरेको ? कुनै समयमा जनता मूर्ख भए होलान् तर अबको आगामी चुनावमा जनता कदापी दल र पार्टीको पछाडि लाग्नु हुन्न । यो सबै शिक्षित नेपालीले बुझिसकेका छन् ।

आउँदो चुनावमा सही भिजन भएको सक्षम, शैक्षिक योग्यता भएको युवा प्रतिनिधित्व देशले मागिरहेको छ । त्यसैले आगामी चुनावमा मेरो बाबुको पार्टी, मेरो आमाको पार्टी नभनेर सक्षम र योग्य उम्मेदरवारलाई जिताएर देशको विकासको बिगुल फुक्नु नै शिक्षित समाज, जागरुक र विकासप्रमी जनताको चाहना हो । जय देश !

Leave a Reply

Your email address will not be published. Required fields are marked *