What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एनआईसी एशिया बैंकका ग्राहकलाई द क्लिफ नेपालमा १० प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब पर्वतको कुश्मामा रहेको द क्लिफ नेपालमा विभिन्न सेवा उपयोग गर्दा १० प्रतिशत छुट पाउने भएका छन्।
द क्लिफ नेपाल र बैंकबीच छुट सुविधा प्रदान गर्ने सम्झौता सम्पन्न भएपछि बैंकका ग्राहकले आवास सेवा, मेगाट्रोल, स्काइसाइकल र स्काइ क्याफे जस्ता सेवामा डिजिटल भुक्तानी गर्दै १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
छुट सुविधा उपयोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ। बैंकका अनुसार द क्लिफसँगको सहकार्यले ग्राहकलाई थप सुविधा उपलब्ध गराउनुका साथै देशमा डिजिटल भुक्तानी को प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।






