हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
पर्साकी नाजमा खातुनले जन्माइन् एकैपटक ४ सन्तान
पर्सा । पर्सामा एक महिलाले एकै पटक ४ सन्तान जन्माएकी छिन् । छिपहरमाई गाउँपालिका-४ जयमंगलापुरकी नाजमा खातुनले मंगलबार दिउँसो चार शिशु जन्माएकी हुन् ।
वीरगञ्ज हेल्थ केयर हस्पिटलमा सुत्केरी भएकी खातुनले तीन छाेरी र एक छाेरा जन्माएकी हुन् । अस्पताल स्राेतका अनुसार खातुनले डेलिभरी महिना नपुग्दै बच्चा जन्माएकी हुन् । अस्पतालका संचालक डा. अबुल हैस अन्सारीका अनुसार ७ महिनामै जन्मिएका ४ मध्ये २ को अवस्था गम्भीर रहेको छ ।