आयल निगमले घटायो इन्धनको मूल्य

काठमाडाैँ । नेपाल आयल निगमले हवाइ इन्धनकाे मूल्य घटाएकाे छ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको हाे ।

सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको थियाे । साेही बमाेजिम  घटाइएको दर बुधबारदेखि लागू हुने निगमले जनाएकाे छ ।

 

मूल्य घटाएपछि हवाई इन्धनको नयाँ मूल्य प्रतिकिलोलिटर एक हजार ५० अमेरिकी डलर कायम भएको छ । यसअघि अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर एक हजार १२५ अमेरिकी डलर रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *