नेपाल प्रहरीमा २२ हजारभन्दा धेरैलाई जागिरको अबसर

काठमाडाैँ । नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ । विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि प्रहरीले भारी सङ्ख्यामा थप दरबन्दी माग गरेकाे हाे ।

सात सय ५० ग्राम नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतिका लागि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ ।

 तत्कालका लागि २२ हजार चार सय १८ दरबन्दी आवश्यक रहेकाे प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताउनुभयाे । ‘यसमध्ये केही दरबन्दी थप हुने क्रममा छ,’  नेपाल प्रहरीबाट २०७५ सालमा सम्पादन भएका कार्य र हासिल उपलब्धीहरू सम्बन्धमा प्रहरी प्रधान कार्यालय, नक्सालमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा  उहाँले भन्नुभयाे । नयाँ दरबन्दीसँगै त्यसका लागि आवश्यक ब्यारेक, सञ्चार सेट तथा सवारीसाधनसमेत आवश्यकता रहेको प्रबक्ता सुबेदीकाे भनाइ छ । तस्बीर/ नेपाल प्रहरीकाे फेसबुकबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *