बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ले युट्युबमा बनायो नयाँ रेकर्ड
काठमाडौं । चलचित्र ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ले युट्युबमा नयाँ रेकर्ड कायम गरेको छ । यो गीतले युट्युबकाे नेपाल च्याप्टर अन्तर्गत अहिलेसम्मकै सबैभन्दा धेरै भ्युज पहिलोपटक बनाएर नयाँ रेकर्ड बनाएको हाे ।
‘कुटुमा कुटु’ युट्युबमा १० करोड पटक हेरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमा सन् २०१७ मे २८ मा अपलोड गरिएको याे गीत उतिबेलै पनि दर्शक स्राेताले निकै मन पराएका थिए । लामाे समय ट्रेन्डिङमा पर्न सफल भएकाे थियाे ।
यो गीतका गीतकार तथा संगीतकार राजनराज शिवाकोटी हुन् । गीतमा स्वर भने राजनराजसँगै मेलिना राई र राजन इशानको छ । गीतको भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र आशिफ शाहले अभिनय गरेका छन् । कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने लाेकेस बज्राचार्यले सम्पादन गरेका हुन् ।