नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

विदेशबाट फर्केका १९ हजारको आवेदन, कसैले पाएनन् ऋण
काठमाडौँ। पाँच वर्ष विदेश बसेर फर्किएका सिन्धुली दुधौली ५ का पुष्कर खड्का अब चप्पल कारखाना खोल्न चाहन्छन् । यसका लागि ऋण चाहिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
गत पुसमा वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले सहुलियत कर्जाका लागि आवेदन खुला गरेपछि उनले दिनभरि लाइन बसेर आवेदन बुझाएका थिए । त्यसयता उनी बोर्ड सचिवालयमा फोन गर्दै कहिले ऋण पाइएला भनेर सोधिरहेका छन् । बोर्डले बैंकमा जान आग्रह गरेको छ ।
‘बिनाधितो सहुलियत कर्जा पाइन्छ भनेर त्यत्रो लाइन बसिएको थियो,’ उनले भने, ‘सरकार संलग्न भएपछि सहज होला भन्ठानेको थिएँ तर अहिलेसम्म केही प्रगति भएको छैन । बेरोजगार छु ।’ पुस्करजस्ता कुल १८ हजार ७ सय ६७ युवा आफूले बुझाएको आवेदन के भयो, ऋण पाइएला कि नपाइएला भन्नेमा अनविज्ञ छन् ।