नेपानबाट पौडेल, गान्धारी र डा. फुयाल सम्मानित

What To Know

  • काठमाडौँ । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को शनिवार ललितपुरको स्टाफ कलेज सभाकक्षमा आयोजित ३२औँ वार्षिक साधारणसभाको अवसरमा २०८३ का विभिन्न पुरस्कार तथा सम्मान अर्पण गरिएको छ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्य तथा नेपानका अध्यक्ष अश्विनकुमार पुडासैनीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपानबाट विगत ९ वर्षदेखि प्रदान गरिँदै आएको १० हजार राशिको ‘प्रसिद्ध कणेल स्मृति विकास लेखन पुरस्कार’ नेपालको चर्चित ऐतिहासिक ‘विकास’ पत्रिकाका संस्थापक प्रधान–सम्पादक तथा जनमुखी विकास सवालमा विगत चार दशकदेखि कलम चलाउने लेखक शरद पौडेललाई, अर्पण गरिएको छ । पौडेल विकास अभियन्ता साथै साहित्यिक स्रष्टा पनि हुन् । लिखे, तपन, सीमा जस्ता उनका चर्चित उपन्यास बजारमा उपलब्ध छन् । यस पुरस्कारबाट पौडेलसहित हालसम्म ९ जना लेखक सम्मानित भइसकेका छन् । एक लाख रुपैयाँको अक्षयकोषको यो पुरस्कारका संस्थापक नेपानका पूर्व अध्यक्ष डा.
  • नेपालमा सहभागीमूलक विकासका लागि नेपानले २०५१ सालदेखि नै स्वयंसेवी काम गर्दै आएको छ र हाल यसमा स्वदेश तथा विदेशमा गरी चार सयभन्दा बढी सदस्य छन् । नेपानलाई विकास मामलाको ‘थिङ्क ट्याङ्क’ मानिन्छ । यहाँबाट विभिन्न प्रकाशनका अतिरिक्त ‘सहभागिता’ नेपाली म्यागाजिन र ‘पार्टिसिपेसन’ अंग्रेजी जर्नल करिब तीन दशकदेखि अनवरत रूपमा प्रकाशित छन् । ३२ औं साधारणसभाको अवसरमा ‘सहभागिता’ को ६०औँ अंक (भोटेकोशी विपद् विशेष अंक) र ‘पार्टिसिपेसन’ जर्नलको २६औँ अंक पनि लोकार्पण गरिएको थियो । ‘पार्टिसिपेसन’ २६ को प्रमुख सम्पादन डा.

काठमाडौँ । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को शनिवार ललितपुरको स्टाफ कलेज सभाकक्षमा आयोजित ३२औँ वार्षिक साधारणसभाको अवसरमा २०८३ का विभिन्न पुरस्कार तथा सम्मान अर्पण गरिएको छ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्य तथा नेपानका अध्यक्ष अश्विनकुमार पुडासैनीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपानबाट विगत ९ वर्षदेखि प्रदान गरिँदै आएको १० हजार राशिको ‘प्रसिद्ध कणेल स्मृति विकास लेखन पुरस्कार’ नेपालको चर्चित ऐतिहासिक ‘विकास’ पत्रिकाका संस्थापक प्रधान–सम्पादक तथा जनमुखी विकास सवालमा विगत चार दशकदेखि कलम चलाउने लेखक शरद पौडेललाई, अर्पण गरिएको छ । पौडेल विकास अभियन्ता साथै साहित्यिक स्रष्टा पनि हुन् । लिखे, तपन, सीमा जस्ता उनका चर्चित उपन्यास बजारमा उपलब्ध छन् । यस पुरस्कारबाट पौडेलसहित हालसम्म ९ जना लेखक सम्मानित भइसकेका छन् । एक लाख रुपैयाँको अक्षयकोषको यो पुरस्कारका संस्थापक नेपानका पूर्व अध्यक्ष डा.चेतनाथ कणेलको परिवार हो ।

त्यसैगरी, १० हजार राशिकै ‘डा. भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार’ गोरखाकी २३ वर्षीय विकासकर्मी रितु गान्धारी (गन्धर्व) लाई अर्पण गरिएको छ । सामाजिक अध्ययन विषयमा स्नातक गान्धारीले करिब चार वर्ष विभिन्न संस्थामा आबद्ध भई तीस जिल्लाभन्दा बढीको भ्रमण गरी प्रारम्भिक बाल विकास, महिला सशक्तीकरणजस्ता विषयमा दर्जनौँ तालिम चलाएर दृष्टान्तमय काम गरेकी छिन् । उनी अल्पसंख्यक गन्धर्व समुदायकी एक उदाहरणीय पात्र पनि हुन् । यस पुरस्कारबाट हालसम्म गान्धारीसहित ५ जना युवा विकासकर्मी सम्मानित भइसकेका छन् । दुई लाख रुपैयाँको अक्षयकोषको यो पुरस्कारको स्थापना नेपान परिवार, दाहाल परिवार र काठमाडौं विश्वविद्यालयका २०१६–२०१८ ब्याचका एमफिल तहका विद्यार्थीहरूको संयुक्त पहलमा गरिएको थियो ।

यसैगरी, नेपानले हरेक वर्ष उत्कृष्ट योगदान पु¥याउने सदस्यलाई प्रदान गर्ने ‘नेपान उत्कृष्ट सदस्य सम्मान २०८३’ बाट डा. कमल फुयाल सम्मानित भएका छन् । डा. फुयाल हाल ‘सहभागिता’का प्रधान–सम्पादक पनि हुन् र नेपालको विकास क्षेत्रमा अनुसन्धान, लेखन, प्रकाशन तथा सहजीकरणमा उनको लामो समयदेखिको लगाव छ ।

नेपालमा सहभागीमूलक विकासका लागि नेपानले २०५१ सालदेखि नै स्वयंसेवी काम गर्दै आएको छ र हाल यसमा स्वदेश तथा विदेशमा गरी चार सयभन्दा बढी सदस्य छन् । नेपानलाई विकास मामलाको ‘थिङ्क ट्याङ्क’ मानिन्छ । यहाँबाट विभिन्न प्रकाशनका अतिरिक्त ‘सहभागिता’ नेपाली म्यागाजिन र ‘पार्टिसिपेसन’ अंग्रेजी जर्नल करिब तीन दशकदेखि अनवरत रूपमा प्रकाशित छन् । ३२ औं साधारणसभाको अवसरमा ‘सहभागिता’ को ६०औँ अंक (भोटेकोशी विपद् विशेष अंक) र ‘पार्टिसिपेसन’ जर्नलको २६औँ अंक पनि लोकार्पण गरिएको थियो । ‘पार्टिसिपेसन’ २६ को प्रमुख सम्पादन डा. झविन्द्र भण्डारीले गरेका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *