What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
रहेनन् पूर्वसांसद विजय पौडेल
काठमाडाैं । जनता टेलिभिजनका सञ्चालक पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा निधन भएको हो ।
उनी एमालेको राजनीतिमा लामो समय सक्रिय थिए । एमालेबाट माधव नेपालको समूह छुट्टिएपछि उनी एकीकृत समाजवादीमा थिए । एकीकृत समाजवादी र तत्कालीन माओवादी एकता प्रक्रियामा जाने भएपछि उनी त्यसमा असहमति राख्दै नेकपा संयुक्तमा सक्रिय भएका थिए ।
विजय पुराना कम्युनिष्ट नेता मोदनाथ प्रश्रितका एकमात्र छोरा हुन् । उनका श्रीमती र दुई छोराछोरी छन् ।






