नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

अ स्टोरी अफ ब्लाइण्ड लभ
एक समयमा एउटी केटी थिई जसले आफैलाई साह्रै घृणा गर्थी किनकी ऊ अन्धी थिई । यदि त्यो उमेरमा उसको केही थियो त सिर्फ अन्धकार । त्यसैले त उसलाई सबैप्रति वितृष्णा थियो सिवाय उसलाई माया गर्ने प्रेमीलाई छोडेर । उसको प्रेमी उसलाई हर समय ख्याल राख्थ्यो, सधै साथ अनि हौसला दिइरहन्थ्यो । साच्ची त्यो केटो उसलाई औधी मन पराउदथ्यो । एकदिन त्यो केटोले उसलाई विहे गर्ने प्रस्ताव राख्दछ । तर केटीले स्वीकार गर्दिने, उसले भन्छे ‘जबसम्म म आँखा देख्ने हुन्न तबसम्म विहे गर्दन ।’
एकदिन उक्त केटीलाई कसैले आँखा दान गर्दछ । ऊ देख्न सक्ने हुन्छे । उसले अब सबैथोक देख्छे, उसको प्रेमीलाई पनि । केटोले भन्छ, ‘अब तिमीले देख्न सक्ने भयौ, अब हामी विहे गरौ ल !’ केटी झसँग हुन्छे किनभने उसको प्रेमी, त्यो केटो पनि अन्धो नै रहेछ । यो थाहा पाएपछि केटीले विहे गर्ने प्रस्ताव अस्विकार गर्छे । यसले केटोको साहेरै चित्त दुख्छ । उसले एउटा चिट छोडेर उबाट टाढा हुन्छ जहाँ लेखिएको हुन्छ स् ‘मेरा ती दुई आँखाको राम्रो ख्याल राख्नु ल !’