बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

यसकारण फुट्याे डेढ वर्ष नपुग्दै विवेकशील साझा पार्टी
काठमाडौं । अन्ततः विवेकशील साझा पार्टी फुटेको छ । रबिन्द्र मिश्रसँगकाे मतभेदपछि संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा गएर शुक्रबार निवेदन दर्ता गर्नुभएकाे हाे । पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।
३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा पुगेका थिए । युवानेत्री रञ्जु दर्शनासहित प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेल लगाएतका नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग गएका हुन् ।
थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गर्नुभएकाे थियाे । विवेकशील र साझा पार्टीबीच ११ साउन २०७४ मा मात्र पार्टी एकता भएको थियो ।