तिम्रो सफलताको बाधक के हाे ?

काठमाडाैँ । हामीले असफल हुनुमा अनेक बाहाना र दोषी अरुलाई देख्छौँ । यो मानवीय स्वभाविक आचरण पनि हो तर वास्तवमा हामीले चाहेको कुरामा गरेको कुरामा सफल नहुनुमा हामी आफै जिम्मेवार हुन्छौँ । अरुलाई दोष लगाउनुमा जति सजिलो छ त्यो भन्दा तेब्बर गाह्रो हुन्छ जिम्मेवारी लिनुमा । हुन त कतिपय कुराहरु चाहेर पटक पटक प्रयास गरेर पनि भनेजस्तो परिणाम आउँदै यस्तोमा हामी छिट्टै निराश हुन्छौ । सबैभन्दा ठूलो कमजोर तत्व नै हामीले पहिले आफैले आफूलाई जित्न नसक्नु हो । सामान्यत हामीले असफल हुनुको कारण जे सोचिरहेका हुन्छौ हकिकतमा त्यो हुँदैन । यहाँ केही त्यस्ता ब्यक्ति विषयको चर्चा गरेका छौँ जसले विषम परिस्थितिमा पनि ठूलो सफलता हासिल गरे –

  • तिम्रो सफलताको बाधक धन होइन, किनभने चार्ली च्याप्लीन देखि लिएर मोजार्ट, रकेफेलर गरिब थिए ।
  • तिम्रो सफलताको बाधक विद्यालयी शिक्षा होइन, किनभने थोमस एडीसन, मेक्सिम गोर्की, एन्ड्रयु कारनेगी विद्यालय नै गएका थिएनन् ।
  • तिम्रो सफलताको बाधक परिवारको साथ नहुनु होइन, किनभने अब्दुल कलाम, हेनरिक इब्सन परिवाराट टाढीनुपरेको थियो ।
  • तिम्रो सफलताको बाधक शारीरिक असक्षमता होइन -स्टेफन हकिङ, होमर, जोन मिल्टन, झमक घिमीरे सबै अपांग थिए ।
  • तिम्रो सफलताको बाधक कसैको सहयोग नपाउनु होइन, किनभने वाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर कोलम्बसलाई सबैले सहयोग गर्न अस्विकार गरेका थिए ।
  • तिम्रो सफलताको बाधक बारम्बारको असफलता होइन एडिसन, अब्राहम लिंकन, क्युरी दम्पती अमिताभ बच्चन बारम्बार असफल भएका थिए ।
  •  तिम्रो सफलताको बाधक त तिमी स्वयं हौ जसले अघि बढ्नुमा संघर्ष गर्नुमा बाहाना देखाउदछ । तिम्रो असफलताको बाधक त तिम्रो क्षिण सोचाइ हो, कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु हो, सुरक्षा खोज्नु हो….।
  • तिमी सिवाय यो ब्रह्माण्डमा तिम्रो सपनालाई कुल्चाउन सक्ने कुनै दोश्रो ताकत छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *