शिक्षक स्वतन्त्र हुनुपर्छ

हरिपूर्व निराैला
विश्व ईतिहासलाई केलाएर हेर्दा सबैभन्दा अग्र पंक्तिमा अनि एउटा उच्च सम्मानका रूपमा देखिएको पेशा नै शिक्षक हो। तर नेपालमा भने किन आन्दोलन? आजसम्म विकशित र विकास उन्मुख मुलुक हरुको सैछिक स्तिथि हेर्दा अनि अरू कर्मचारीको दाँजोमा शिक्षक पेसा नै उच्च र माननीय रहेको सर्वविदितै छ।अहिलेसम्म् जति पनि विकाश भएका मुलुक छन् तहको ईतिहास हेर्दा शिक्षकको भुमिका निकै महत्पूर्ण रहेको छ। एउटा समाज परिवर्तन र रूपान्तरणको मूल योधा नै शिक्षक हुन भन्दा कुनै आपत्ति न होला।

नेपालमा समय समय मा विभिन्न आन्दोलन हरू हुने गर्दछन। त्यसमा पनि यो शिक्षक आन्दोलन त ईतिहास कै लामो अन्दोला हुन पुग्ने आकलन गर्न थालिएको छ। नेपाल को राजधानी केन्द्रित यत्रो लामो आन्दोलन ले यहाँको जनजीवन मा कतिको असर परेको छ भने कुरा त सर्वविदितै छ।

विभिन्न कार्य हरू विलम्ब भएका छन्। उचित रुट न मिल्दा यातायात को सम्स्या झेल्न बाध्य उपत्यकबसिहरुको पीडा यथावत नै छ। सरकार कानमा तेल लगाएर विभिन्न उखान टुक्का उडाएर शिक्षकलाई हतोत्साहि गर्न तिर लगिराएको यो अवस्था मा शिक्षक आन्दोलन अझै अराजक बन्दै गैरहेको छ।

यस्तो उच्च सम्मानको पेसा मा कार्यरत विज्ञहरुले यस्तो गरी रख्दा अब आउने नयाँ पुस्ता ले के सिक्ने वहाँहरू बाट भन्ने एउटा प्रस्न चिन्न हाम्रो अगाडि खडा भएको छ। यस्तै स्तिथि रहे अबको पुस्ता ले पनि आन्दोलन ढुङ्गा मुढा लाई नै आफ्नो माग को उचित उपाय सम्जने छन् अनि विभिन्न बहानामा राज्यमा अशान्तिको माहोल खडा हुने कुरा निश्चय नै छ।किनकि आज सम्म मानव सब्यत अगाडिको पुस्तालाई पछ्याएर नै चली रहेको छ । अब आउने पुस्ता ले पछिल्लो पुस्ता बाट यही कुरा सिक्ने छन् कि कुनै पनि समस्या को समाधान आन्दोलन अनि ढुङ्गा मुढा अनि कसरी बन्लान् सभ्य र समृद्ध नेपाल?

जब राज्य मा संकट आउँछ तब विद्यार्थी एकता शिक्षक नै एउटा निर्णायक भूमिका मा देखिनेगरेको तथ्य पाइन्छ।तर नेपाल जस्तो मुलुक मा शिक्षक नै राजनीतिक संगठनको छत्र छायाँमा रमाउने वातावरण ले गर्दा आज शिक्षकहरुको यो दिन आएको हो। यदि शिक्षक पेसा गत संगठन हो भने कुनै राजनीतिक गन्ध न आउने गरी स्वस्तन्त्र र स्पष्ट हुनु पर्यो अनि मात्र शिक्षाको महत्व समाज मा उजागर गर्न सकिन्छ अनि नागरिक मा एउटा चेतनाको बिकाश हुने छ र शिक्षक हरू आफ्नो इज्जत र सम्मानको लायक हुने छन्।

जति पनि शिक्षक महानुभाव हरू हुनुहुन्छ वहाँ हरुले आजकै दिनबाट समाज सुधार गर्नलाई र आफ्नो पेशा लाई मजबुती प्रधान गर्ने हो भने कुनै पनि राजनीतिक संगठन को सदस्यता खारेज गरी स्वतन्त्र नागरिक को रूपमा अगाडि बढ्नु पर्ने आवसक्त्या देखिन्छ र सही माने मा कुरा यही पनि हो।

शिक्षक स्वतंत्र भएर आगढि बढ्ने हो भने राज्य ले कैले पनि दमन गर्ने वातावरण नै आउने छैन किनकी स्वतन्त्र को दुनिया नै सरकार भन्दा टाढा हुन्छ र उनीहरू लाई दबाउने कुनै औषधि सरकार र राजनीतिक दल संघ हुँदैन। सामाजिक रूपान्तरण या समाज मा सु व्यवस्था कायम गर्ने ठूलो भूमिका शिक्षक को नैं हुने गर्दछ किनकि कुनै पनि समाज को कर्णधार भनेको त्यो समाज मा उत्पादित दक्ष जनशक्ति हो जो अभिवाकको उचित मार्ग निर्देशन र शिक्षकको उचित ज्ञान र सिकाइ ले गर्दा नै सम्भव हुने गर्दछ। यसको लागि शिक्षक स्वतंत्र हुनु जरुरी छ साथै विभिन्न सैछकि संस्था हरू पनि राजनीतिक संगठन विहिन र पूर्ण रूपमा स्वतन्त्र हुनु जरुरी छ।

किनकि नेपाल को एक मात्र नाम चलेको विश्व विद्यालय त्रिभुवन विश्वविद्यालय लाई हेरे अरू केही उदहारण नै चाइन्न। पैलेको शैछिक क्रियाकलाप र ऐले को शैछकि क्रियाकलाप आकाश र जमीनको फरक छ किन कि त्यहाँ राजनीतिक दखल अंदाज बेसी हुने गर्दछ।

अहिलेको यो अवस्था मा सरकार बाट नयाँ ऐन पास गराउन यत्रो झन्जट तथा आफ्नो ज्यान को दाउ लगाएर आन्दोलन गर्नु भनेको कुनै पार्टी को छत्र छाया मा आडम्बर भएर गरेको जस्तो देखिन्छ अनि जनता पनि शिक्षक प्रति पार्टीको झोले को रूप मा पेस हुँदै छन्। त्यस कारण स्वतंत्र शिक्षक आजको आवश्यकता हो र समाज को माग हो । किनकि सधैं भरी आन्दोलन बाट समस्याको समाधान हुन्छ भनी मूर्खता हो। समय अनुसार सही कुराको पालन गर्दै समयको मागलाई मध्यनजर गरी अगाडि बढ्नु नै आज को समयको माग हो

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *