नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नयाँ शक्तिको सङ्घीय बैठक अाजदेखि
काठमाडौँ । नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक बुधबारदेखि राजधानीमा बस्ने भएको छ ।
यही कात्तिक १४ र १५ गते बस्ने दुईदिने बैठक बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा बस्ने तय भएको प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा पार्टीको अवस्थाको रिपोर्टिङ, कामहरुको समीक्षा र आगामी कार्ययोजनाको विषयमा छलफल हुनेछ । बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको महाधिवेशनका विषयमा तथा पार्टीले लिनुपर्ने रणनीतिका बारेमा ठोस निर्णय हुने उहाँेले जानकारी दिनुभयो ।