कर्णाली प्रदेशसभामा विधेयक प्रस्तुत

सुर्खेत । कर्णाली प्रदेशसभाको ३९औँै बैठकमा दुई विधेयक प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्रीको पारिश्रमिक तथा सुविधा, कर्णाली प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक आज प्रदेशसभामा प्रस्तुत गरिएको हो ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेशसभामा विधेयक प्रस्तुत गर्नुभएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा प्रस्तुत गरिएको छ ।

विधेयक पारित

कर्णाली प्रदेशसभामा गाँउसभा तथा नगरसभा सञ्चालनसम्बन्धी विधेयक पारित भएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री भण्डारीले प्रदेशसभामा गाँउसभा तथा नगरसभा सञ्चालनका लागि बनेको विधेयक पारित गरियोस भनि प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मत पारित भएको हो । कर्णाली प्रदेशका गाँउसभा तथा नगरसभा सञ्चालनका लागि व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित भएको कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *