What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
पाल्पाको पश्चिम छहरामा ‘दमेनि’ सराय नाचियो

जिल्लाको पश्चिम रैनादेवी छहरा गाउँपालिकाको बोखरडाँडामा पृथक खालको सराय नाच नाचिएको । झण्डै ४२ वर्ष अघि पाल्पाको साविक बल्ढेङगढी गाविसबाट एउटा खोडा घरमा ल्याएको दिन देखि छहरामा लामाधामी गर्दै आएकी लमेनी फुर्सी दमेनीलाई देवता उत्रिएपछि सोही बोखरडाडामा मन्दिर निर्माण गरि पूजाआजा गर्न थालेपछि उनलाई निको भएको विश्वासको आधारमा वर्षेनी सो स्थानमा सराय नाच्ने प्रचलन रहिआएको छ । दसैंको अष्टमीको दिनमा राखिएको जमरा र पानसमा बालिएको बत्ती हातमा लिएर सात कन्यालाइ अगाडि राखेर एउटी महिला हल्लिदै मन्दिरको परिक्रमा गरेर मन्दिरको नजिकैको तलाउमा कुबिन्डो काटेपछि खुडा नचाउँदै सराय नाच्ने गरिन्छ । पृथक शैलीमा निकालिने लमेनीको सराए नाचलाई अवलोकन गर्न छिमेकी जिल्लहरु गुल्मी, अर्घाखाचीबाट समेत दर्शनार्थी आउने गरेका छन ।






