धार्मिक आस्था

हरि पूर्व निरौला, ईलाम

धार्मिक आस्था के हो?
प्राचीनतम परम्पराहरूको समग्र विकास एबम् मानव जातिलाई एउटा अनुशासनमा आबद्ध गराउने माध्यम नै धार्मिक आस्था हो। यसमा जात जाती अनुसार विभिन्न प्रकारका परम्परा हरु चली आएको छन्। तर जति परम्परा भए पनि सरदर ८2% हिन्दु परम्परा नै रहेका छन्। अर्थात् ८२% हिन्दु धर्मका मानिस नेपाल को भु भागमा निवास गर्छन भनी तथ्यांकीय मापन गरिएको छ। र यसको पुष्टि पनि देश भित्र भएका हिन्दु आस्थाका मठ,मन्दिर विभिन्न नदी नाला तलाउ, वैदिक सनातन परम्पराहरु र आस्थाका प्रतिकहरुले गरी सकेका छन्।

समयको माग सगै राजनीतिक फाइदाका लागि धर्मनिरेक्ष राष्ट्र घोषणा भए पनि हाम्रो सिंघो देशमा हिन्दूहरूको बाहुल्य रहेको छ। धार्मिक सहिषनुताको एउटा गतिलो उदारहणको रूपमा रहेको हाम्रो सिङ्गो राष्ट्र अहिले विभिन्न दुराचारी शक्तिको कु दृष्टि मा परेर विभिन्न षड्यन्त्रकारी शक्तिको चंगुलमा फसेर आफ्नो अस्मिता तथा सामाजिक भाइचारा नै गुमाउनु पर्ने यो स्तिथिमा आइपुगेको छ।

विभिन्न काल खण्डमा सधैं नेपाल तटस्थ रहँदै आएको र राजा महेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव गरेसँगै विश्वमा एउटा शान्त मुलुक को छवि बनाएको नेपाल विगत केही दशक यता दुराचारी शासक को मुठ्ठीमा फसेर समय समय मा विभिन्न राजनीतिक स्वार्थका लागि अशान्त बन्दै आइरहेको छ। यस्तो अवस्थामा देशको नीतिनिर्माण तह नै मौन बस्नु कदापि उचित हुँदैन। कहीं कतै अप्रिय घटना घट्न सक्छन्। त्यसैले भोलिको दिनमा देशमा हुन सक्ने अप्रिय घटना प्रति दूरदर्शी कदम चाल्न जरुरी देखिन्छ। पछिमी कु दृष्टिलाई मध्य नजर गरी एकदम निडर र साहस युक्त कडा कदम उठाउन सक्ने दूरदर्शी शासकको खाँचो महसुस गरी रहेकी छन् नेपाल आमाले।

सामाजिक भाइचारा,सदभाव र समृद्ध नेपाल सबैको सपना भए पनि साना साना कुरामा भएको द्वन्द का कारण नेपाल को उचित बिकाश गर्न सकिरहेको छैन। सासकमा दूरदर्शिता को कमी ,एकले अर्कोलाई खुट्टा तान्ने प्रवृत्ति र कुर्सीको लडाइँमा देशको बारेमा सोच्ने फुर्सद न निस्किँदा परिवारको झगडा छेमेकिको रजाई भन्ने टुक्काले राम्रै रोल निभाई रहेको देखिन्छ । दशतिर दश थरी कुराको पछाडि नलागेर मात्र कानुनी राज्यको प्रत्याभूति गराउन सके नेपाल को बिकाश गर्न कुनै ठूलो कुरा न भएको विश्लेषक हरुको अध्यनले देखाएको छ ।

नेपाल आफै विकशित छ किनकि यहाँ कुनै कृतिम बिकाश गरिरहनु जरूरत नै छैन किनकी प्राकृतिक रूपमै सब तयार छन् बस त्यसको उचित तरिकाले सदुपयोग गरे र कानुनी उपचारको खाँचो रहेको देखिन्छ।

अहिलेको यो अवस्थामा राष्ट्रिय जनावरको कुरोलाई लिएर । एउटा धर्मले अर्को धर्मको आस्था माथि प्रहार गरी धार्मिक द्वन्द्व को स्तिथि निम्ताउने काम भई रहेको यो घडीमा सरकारले दोषी र निर्दोषी छुटाएर तत्काल कानुनी उपचार गर्नु पर्ने देखिन्छ न भए बाह्य शक्ति हावी हुने र देश द्वन्दको इस्तिथिमा जाने संकेत देखिरहेको छ। यो अवस्थामा राष्ट्रिय महत्वको कुरामा सरकार चुक्नु हुँदैन यदि चुक्यो भने देशनै अधोगतिमा जाने र भारतको मणिपुर मा जस्तो साम्प्रदायीक हिंसाको स्तिथीमा पुग्ने पक्का छ।

त्यसैले सरकार ढिलो न गरी राष्ट्रको हितमा निर्णय गरी अगाडि बढ्नु अतिआवश्यक देखिन्छ। जसले गलती गरेको छ त्यसलाई संविधानसम्मत तरिका बाट उपचार गरी देशमा शान्ति सु व्यवस्था कायम गर्नु अहिलेको दाहित्व हो सरकारको।

विभिन्न काल खण्डको स्मरण गर्दै देशको पक्षमा एक ढीको भएर उभिने बेला आइसेको छ। देशको धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्दै उचित समयानुकूल संरक्षण गर्ने समय आइसको छ सरकार सबैमा चेतना भया।
जय नेपाल।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *