हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
खेलकुद अनि नेपाल
हरि पूर्व निरौला, ईलाम
विश्व मानचित्रमा खेलकुद मात्र यस्तो चिज हो जसले देशको नाम विश्वसामु चिनाउन सफल हुन्छ। तर किन हाम्रो देशले त्यस्तो गर्न चुकिरहेको छ? हामी पनि तिनै मान्छे हौ जो अरु देशमा छन् तर यति फरक छ कि उनीहरूको खेलप्रतिको लगाव अनि सरकारी संयन्त्र पदत्ती विशुद्ध देशको नाम राख्न तर्फ उन्मुख छ। नेपालको कुरा गर्दा लाज लाग्छ विभिन्न समयमा खेलाडी लाई दिहिने भता सम्म चाट्ने अफिसरको संकुचित धारणा अनि सरकारको खेल प्रतिको लाचारीपनले गर्दा आज हामीपछि परी रहेको अवस्था छ। खेलकुद भनेर मात्र पुग्दैन उचित पूर्वाधारको बिकाश गर्नुपर्यो । देशका युवालाई खेलमा प्रेरित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनु पर्यो ताकि अब आउने नयाँ पुस्ताले खेलमा आफ्नो भविष्य देखुन् अनि खेलकुद प्रतिको आकर्षण बढोस् तब त आफै खेलकुद अगाडि बढ्छ।
सरकारले बजेट निर्माणको समयमा खेलकुदको विकास र पूर्वाधारको निर्माण भनेर विभिन्न शीर्षकमा बजेट छुट्टिने गरेकाे हरेक वर्ष सुनिन्छ तर त्यसको प्रगति भने कहिल्यै रिपोर्टिङ हुँदैन यस्तो लाचारी पनले त केवल देशको दुर्दशा मात्र देखाउँछ। नेपालमा कसैले गर्न खोज्दा विभिन्न माध्यम बाट भाजो हाल्ने प्रवृत्ति को गतिलो उदहारण हो निर्माण अलपत्र गौतमबुद्ध क्रिकेट रंगशाला आखिर किन धुर्मुस सुन्तलीले त्यसलाई जुन जागरूकताका साथ अगाडि बढाएका थिए बीचमा गएर त्यस्तो रफ्तार बन्द भई लथालिङ्ग हुन गयो खोइ सरकारी निकायको चासो खोइ छानबिन आफू पनि न गर्ने अरूलाई नी गर्न न दिने अनि खाली विदेशी को मुख ताकेर बस्ने बानी ले देशको अवस्था कहा बाट कहा आई सक्यो ऐनमा आफ्नो अनुहार देख्या जस्तो छर्लङ्ग हुँदा नी किन मौन बस्छौ ए नेपाली शासक हो? खोइ तिमीहरू को नीति नियम अनि सिस्टम?
छिमेकिको सिको गरेर पनि धेरै कुरा जान्नु पर्ने हो सबै छिमेकीका गुलाम नबनौ केही कुरा त्याहाँ बाट कपी पेस्ट पनि गर्न सिकौ जरुरी छ यो समयमा कपी पेस्ट गर्न पनि आखिर आफ्नो अर्गानिक तरिका त अवलम्बन गरेउन कपी पेस्ट भए नी गरी देऊ तै अलिकति केही हुन्छ की सहयोग की कसो? जति भने पनि जति आलोचना गरे पनि भोग्नु पर्ने त हामी जनताले नी हो तर काही कतै सरकारले केही गरी हाल्छ कि खाली भाषण र मीठो झुटको खेती गरेर हरेक वर्ष जनताको मन जित्न सक्नेले खेलकुदमा किन केही गर्न न सक्या होला? अच्चम!!!
नेपालमा हरेक विद्यालयबाट खेलकुद संस्कृतिको विकास गर्ने हो यदी भने पक्कै अबको १०वर्षमा नेपाल खेलकुदको माध्यमबाट नी विश्व विख्यात हुन्छ यसमा कुनै दुई मत छैन। प्रदेशस्तरीय विभिन्न खेलकुदहरु जस्तै फुटबल, क्रिकेट, भलिबल, ब्याटमिन्टन, टेबलटेनिस अनि पौडी र अन्य इन्डोर दिमागी खेलहरु चेस, चाइनिज चेकर, केयरमबोड, जस्ता खेलहरु सामान्य रूपमा प्रत्येक विद्यालयमा हुने गर्छन तर त्यसको क्षेत्र साँगुरो कोठामा मात्र सीमित छ त्यसलाई क्षत्रिय र राष्ट्रिय रूपमा विकसित गरी अन्तराष्टिय प्रतिस्पर्धी खेलाडी निर्माण गर्न सकिन्छ । त्यसका लागि समय समयमा प्रतियोगिता आयोजना गर्नु पर्यो अनि उचित कमी कमजोरीको निराकरण गर्दै अगाडि बढ्नु पर्यो सरकार। हामीले न गरे कसले गर्दछ भन्ने भाव सरकारमा जाने हर कोईसंग हुनु पर्यो तब मात्र खेलकुदमा नेपालको भविष्य सुनिश्चित हुन सक्छ।
हामीसँग सबै ठीक छ बस सरकारी संयन्त्र र सहयोगको खाँचो छ सरकार किन कि अन्तर्राष्ट्रिय खेलमा शामिल हुनलाई एक राष्ट्रले अर्को राष्ट्रलाई मात्र चिन्छ खेलाडीलाई हैन त्यसैले हामीले आफ्नो सबै सम्पति लगाएर खेलकुदमा भविष्य बनाए पनि सरकारी संयन्त्र मजबुद नहुनजेल केही गर्न सकिदैन त्यसैले सरकार आफ्नो देश बनाउनु छ त खेलकुदलाई उच्च प्राथमिकता दिनु पर्यो।