हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
जुनसुकै सजाय भोग्न तयार छु तर भारतीय फिल्म चल्दैन: बालेन
काठमाडाैं । बालेनले भारतीय चलचित्र प्रदर्शन गर्न नदिने र त्यसका लागि आफू जुनसुकै सजाय भोग्न तयार भएको बताएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए आफू कुनै कानून र अदालतलाई नमान्ने बताएका छन्।
बालेनले एक स्टेटस लेख्दै भनेका छन्, “जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानून र अदालतलाई मान्नेवाला छैन।”
यस्तै, चलचित्र आदिपुरुषका लेखकले नै ‘नेपाल भारतको अधीनमा थियो’ भनिसकेपछि उनीहरूको नियत प्रस्ट भएको पनि बालेनले बताएका छन्।
“यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनू भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ। यसका लागि जुनसुकै सजाय भोग्न तयार छु, तर (भारतीय) फिल्म चल्दैन र चल्न दिइनेछैन,” बालेनले लेखेका छन्।
बालेनले यसअघि भारतीय चलचित्र आदिपुरुषको संवादमाथि आपत्ति जनाउँदै उक्त संवाद नेपालमा मात्र नभई भारतमा समेत नसच्याए काठमाडौंमा भारतीय चलचित्र चल्न नदिने भनेर तीनदिने अल्टिमेटम दिएका थिए। त्यसपछि काठमाडौं महानगरले नगर प्रहरी खटाएर सिनेमाघरमा चलचित्र प्रदर्शनमा रोक लगाएको थियो।