हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
सामूहिक राजीनामा दिने निर्णय भएको छैन : सुरेन्द्र पाण्डे
काठमाडाैं । नेकपा (एमाले) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले आफूहरूले राजीनामा दिने निर्णय नगरेको बताएका छन्।
माधवकुमार नेपाल पक्षका सांसदहरूले विश्वासको मत लिनुअघि नै सामूहिक राजीनामा दिने चर्चा चलिरहेका बेला पाण्डेले यस्तो प्रतिक्रिया दिएका हुन्। तपाईँहरूले राजीनामा दिने निर्णय गर्नुभएको हो? भन्ने प्रश्नमा पाण्डेले भने, “राजीनामाबारे कुनै निर्णय भएको छैन।”
आज बस्ने भनिएको आफ्नो पक्षको स्थायी कमिटी बैठकबारे पनि टुंगो लागिनसकेको नेता पाण्डेले बताए। साँझसम्म एउटा निर्णयमा पुग्ने सम्भावना रहेको उनले बताए।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पाण्डेसहित ३० सांसदसँग ‘तपाईंलाई संघीय सांसदबाट किन पदमुक्त नगर्ने?’ भनेर स्पष्टीकरण सोधेका छन्।
वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र पाण्डेलाई ओलीले ६ महिनाका लागि निलम्बन गरेका छन्।
प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिनका लागि संसद् अधिवेशन आह्वान भएको छ। उनलाई बहुमतका लागि १३६ सांसदको समर्थन आवश्यक पर्दछ।