हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
माधव नेपाललाई भेट्न नेम्वाङ र पौडेल संसद् सचिवालयमा
काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीले सांसद्हरुको राजीनामा रोक्न अन्तिम प्रयास गरेका छन् । उनले समय घर्केपछि माधवकुमार नेपालसँग वार्ता गर्न संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेललाई खटाएका छन् । पटक पटकको वार्तामा पुरानो अडान नछाडेका ओली पूर्ववत अवस्थामा नर्फकने देखिएपछि नेपाल सांसद्हरू सहित राजीनामा दिन संसद् सचिवालयमा पुगेका हुन ।
नेपालले वार्ता र राजीनामा प्रक्रिया दुवै संगै अघि बढाएका थिए । सांसद्हरुले राजीनामा दिएको खण्डमा केपी ओली नेतृत्व सरकार ढल्ने निश्चित छ । अन्यथा विश्वासको मत नपाए पनि अन्यले पनि विश्वासको मत पुर्याउन नसक्ने अवस्था रहने थियो । त्यसका लागि जनता समाजवादी पार्टीको भूमिका महत्वपूर्ण रहेको छ ।
ओलीको आधिकारिक प्रतिनिधि बनेर दुवै नेता अहिले सिंहदरबार छन् । यतिबेला वार्ता हुने देखिए पनि नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसद्हरु राजीनामको निर्णयमा पुगेका हुन । केपी ओली पूर्ववत अवस्थामा फर्कने र पत्रकार सम्मेलन गरेर सबै प्रक्रियामा आफूले गल्ति स्वीकार नगरेसम्म सांसद्हरुले राजीनमा गर्ने निश्चित छ ।
राजीनामाको लागि हस्ताक्षर गरेर बुझाइसकेको बेला ओलीले नेपालसँग वार्ताका लागि आफूनिकट नेतालाई पठाएक हुन । राजीनामा गरेपछि सबैले एक एक सनाखत गर्न पर्ने भएकाले अन्तिमसम्म ओली पक्षधर सक्रिय रहेका हुन । यसलाई ओलीको तर्फबाट नेपाल पक्षलाई पार्टीमा राख्.न अन्तिम प्रयास भनिए पनि नेपाल पक्षले भने ओलीको अन्तिम अस्त्र हो सरकारका टिकिराख्न भन्ने प्रतिक्रिया दिएका छन् ।