लोकसेवा तयारीमा जुटेकाले हेर्नै पर्ने वेव सिरिज ‘एस्परेन्ट’, मनोरञ्जन र मोटिभेसन

काठमाडौं । विश्वव्यापी कोरोना महामारीका कारण सारा संसार अहिले आक्रान्त छ । अब त मत्थर भयो कि भनेको भाइरसको नयाँ भेरियन्ट देखिएर झन भयावहको स्थिति छ । दक्षिण एसियामा भारतको बेहाल छ भने नेपाल पनि त्यसबाट अछुतो छैन । दिनदिनै रेकर्डतोड सरकारी तथ्याङ्कहरु आइरहका छन् । सरकारी तथ्याङ्क भन्दा धेरै गुणा बढी संक्रमित र मर्नेहरुको सङ्ख्या हुनसक्ने जानकारहरु बताउँछन् ।

कोरोना महामारी रोक्न प्रभावकारी मानिएको निषेधाज्ञा वा लकडाउन सारा विश्वले अभ्यास गरिरहेको छ । नेपालमा पनि दोस्रो चरणको निषेधाज्ञा जारी गरिएको छ । देशब्यापी रुपमा नगरिए पनि थप्लै थप्दै लगभग देशभर नै निषेद्याज्ञा जारी छ । संघीय राजधानी उपत्यका सहित देशका अधिकांश जिल्लामा कडा पारिएको छ ।

यही कोरोना महामारीका कारण सारा काम डामाडोल भएको छ । विभिन्न परीक्षाहरु स्थगित भएका छन् । कस्सिरएर लोकसेवाको तयारी गरिरहेका धेरैलाई यसले निराश बनाएको छ । यसै त लामो समयदेखिको लकडाउन (निषेद्याज्ञा) त्यसमाथि राम्रो तयारप्ी गरिरहेका बेला सरकारले फ्याट्ट परीक्षा स्थगित भनिदिएपछि धेरैलाई भाउन्न बनाए कै छ । अब लोकसेवा तयारी गरौ नगरौँ कतिपय अवस्थामा पढ्ने अवसर मिल्यो भनेर पढ्न बसेपछि लामो समयदेखिको घर बसाईँले धेरैलाई वाक्क दिक्क पारेकै छ । यस्तो अवस्था हामीले लोकसेवा तयारी गरिरहेकाहरुका लागि मनोरञ्जन र मोटिभेसन दुबै मिल्ले केही हिन्दी वेव सिरिजको लिङ्क यहाँ प्रस्तुत गरेका छौँ । युट्युवमा सजिलै हेर्न सकिने यी सिरिजहरु निकै प्रेरणदायी छन् ।

नेपाली युट्युवरको खेलो मेलो कसकी श्रीमती को सँग सल्केकी छ ? कसले कसको श्रीमती भगायो, कसका जोडीमा खटपट छ भन्ने वकवास हेर्नुभन्दा त रचनात्मक शैली, उत्कृष्ट अभिनय भएका उत्प्रेरणा जगाउने यस्ता सामाग्री हेरौँ न । ‘विद्या कसम’ तपाईँको जीन्दगी बदल्ने छ ।

यहाँ हामीले अप्रुभसिंह कार्कीद्वारा निर्देशित वेव सिरिज युपीएससी ‘एस्परेन्ट’ को प्रस्तुत गरेका छौँ । यसको लेखन दीपेश सुमित्रा जगदिशले गरेका हुन भने यसको निर्माता चाहिँ अरुणभ कुमार हुन् ।

हिन्दि वेव सिसजका जानेमाने कलाकार नभीन कस्तुरिया, सिभङ्कित परिहार, अभिलास थप्लियाल, लगायतको बेजोड अभिनय रहेको छ । यस सिरिजका डायलग र कथाबस्तुले लोकसेवा तयारीमा जुटेका र पटक पटकको प्रयासमा पनि सफल हुन नसकेकाहरुलाई निकै उत्प्रेरणा मिल्नेछ ।

हामीले लामो समयदेखि लोकसेवा तयारी बारे विभिन्न सामाग्रीहरु प्रस्तुत गर्दै आएका छौँ । यहाँहरुले असाध्यै मन पाराइदिनु भएको पनि छ । यो लकडाउन भर यस्ता प्रेरणादायी सामाग्री प्रस्तुत गर्दैछौँ । अन्यक कुनै यस्ता समाग्री चाहानुहुन्छ भने कमेन्ट वक्समा जरुर लेख्नुहोला । हाम्रा लोकसेवाका अन्य तयारी सामाग्री हेर्न यहाँ क्लिक गर्नु होला ।

‘एस्परेन्ट’ का पूरा श्रृङ्खला हेर्न यहाँ क्लिक गर्नुस् पूरा प्लेिलस्ट छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *