‘हल्काहल्का लजाएर’ बुढेशकालमा करिस्मासँग राजेश हमालकाे राेमान्स (भिडियाे)

काठमाडौं । चन्द्र प्रसाइँ ‘परिस्कृत’को शब्द रहेको ‘हल्काहल्का लजाएर…’ बोलको गीत रिलिज भएको छ ।

संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गायिका अञ्जु पन्त र गायक निशान भट्टराईले स्वर दिएका छन् । गीतलाई ईनाक्षी इन्टरटेन्मेन्टको यूट्युब च्यानलमार्फत गीतलाई बिहीबार रिलिज गरिएको छ ।

गीतकार प्रसाइँले अलिक फरक शैलीको गीतमा आफूले शब्द लेखेको बताएका छन् । ‘पहिलेका गीतहरू मिलन, बिछोड, पिरती, बियोगान्तसँग सम्बन्धित थिए’, उनले भने, ‘हल्काहल्का लजाएर… अलिक फरक शैलीमा छ ।’

संगीतकार श्रेष्ठले पनि गीत फास्ट बिटमा बनेको बताएका छन् । ‘गीतमा नयाँ प्रयोग गरेका छौँ’, उनले भने, ‘गीतबाट हाम्रो अपेक्षा ठूलो छ ।’ संगीतकार श्रेष्ठले दर्शक स्रोताहरूको चाहनाअनुसार गीत बनाइएको बताए ।

गीतमा अरेञ्ज गोपाल रसाइलीको रहेको छ । मिक्सिङ/मास्टरिङ श्यामश्वेत रसाइलीको छ ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको म्युजिक भिडियोमा राजेश हमाल, करिश्मा मानन्धर, पल शाह र पूजा शर्माको अभिनय रहेको छ । पछिल्लाे समय सानाे पर्दाबाट जबरजस्त कमब्याक गर्ने प्रयास गरिरहेका महानायक हमाल यस गीतमा करिस्मासँगकाे राेमान्टिक मुडमा देखिन्छन् ।

म्युजिक भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन् । सम्पादन विकास दाहालको रहेको छ ।

यसअघि, प्रसाइँको शब्द रहेको ‘पुरानो घाउ…’ बोलको गीत रिलिज भएको थियो । ‘पुरानो घाउ…’कै टिमले ‘हल्काहल्का लजाएर…’ फास्ट बिटको गीत लिएर आएको छ ।

‘पुरानो घाउ’ले यूट्युबको ट्रेण्डिङमा एक हप्ताभन्दा धेरै समय स्थान बनाएर बसेको थियो । ‘पुरानो घाउ’बाट सफलता पाएपछि उत्साहित भएको यो टिमले अर्को महत्वकांक्ष गीत ‘हल्काहल्का लगाएर…’ ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *