नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सुनकाे भाउ बढ्याे, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं। नेपाली बजारमा सुनको दरभाउ सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य केही घटेको छ ।
सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँले बढेर आज प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५० रुपैयाँ निर्धारण गरिएको महासंघको भनाइ छ ।
नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले कमी आएको छ । जसअनुसार आज प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
याे पनि पढ्नुहाेस्
छापावाल सुन र तेजावी सुनमा के फरक छ ? किन मूल्य फरक-फरक हुन्छ ?
यसअघि गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य १ हजार २३० रुपैयाँ थियो ।