मेलम्चीकाे पानी वितरण शुरु कहाँ कुन समय पानी (सूची सहित)

काठमाडौँ । मेलम्चीको पानी घरघरमा वितरण भएको छ । सुन्दरीजलबाट आएको प्रशोधित पानीलाई पिउन योग्य बनाएर महाकाँलचौरस्थित पानी पोखरीबाट वितरण गरिएको हो । आइतबार दिउँसो महाँकालचौरबाट चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइएको छ । अनामनगर, मिनभवन, खुमलटारस्थित पोखरीमा भण्डारन गरिएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी चार चरणमा विभाजन गरी वितरण गर्ने भएको छ । पहिलो चरणका आइतबार चार करोड लिटर पानी वितरण गरेको छ । दोस्रो चरणमा महाँकाल र बालाजुको पानी पोखरीबाट ६.५ करोड लिटर दैनिक वितरण गर्ने छ ।

तेस्रो चरणमा बाँसवारी र महाराजगञ्जको पानी पोखरी समेत गरी ८.५ करोड लिटर वितरण हुनेछ । चौथो चरणमा कीर्तिपुर, ठिमी र भक्तपुरस्थित पोखरीहरुमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीबाट चक्रपथभित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मीलन शाक्यले जानकारी दिनुुभयो ।


एयुुकेएलले प्राप्त हुने पानीलाई वितरण तालिका तयारी गरी दैनिक वा दिन बिराएर धाराहरुमा वितरण गर्ने भएको छ । प्रमुख कार्यकारी अधिकृत शाक्यले भन्नुुभयो “वितरणको तालिका सम्बन्धित शाखा कार्यालयहरुको फेसबुुक, सूचना, जनसम्पर्क ईकाईमार्फत् उपलब्ध गराइएको छ, कतै पानी चुहावट भएमा, पानी नआएमा वा अन्य कुनैपनि समस्या भएमा केयुकेएल एप्स, इमेल र एसएमएसमार्फत् जानकारी दिएमा हामी तुुरुन्त प्राविधिक टोली पठाई हाल्छौं ।”

छिटो सेवा र अनुुगमनको लागि सबै शाखा कार्यालयहरुबाट -यापिड रेस्पोन्स टिम स्थलगत रुपमा परिचालित रहेको शाक्उले जानकारी दिनुुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *