एक किलो सुनमा कति तोला हुन्छ ? कति पर्छ मूल्य ?

काठमाडौं । बेला बखत खबर आइरहन्छ किलोका किलो सुन बरामद भएको खबर जुन करोडौँ मूल्य बराबरको हुन्छ । यहाँ आज हामीले एक किलो सुनमा कति तोला हुन्छ र त्यसको मूल्य कति पर्छ भन्ने बारे चर्चा गर्दैछौँ ।

सुन तौलिने इकाईहरुका बारेमा पनि यहाँ हामीले जानकारी दिनेछौँ । सुनको किनबेच तोला र ग्रामको हिसावमा हुनेगर्छ । यसका साथै नेपालमा लाल तथा आनीको पनि हिसाव हुन्छ ।

एक तोला सुनमा ११ दशमलव ६६४ ग्राम हुन्छ । एक किलो बराबर एक हजार ग्राम हुन्छ । सबैलाई थाहा भएकै कुरा हो । यसअनुसार अब हिसाब लगाउँदा एक किलो सुनमा ८५ तोला ७३ लाल हुन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्य अनुसार (छापावाला सुन प्रतितोला ८६ हजार ३००) एक किलो सुनको मूल्य ७३ लाख ९८ हजार ४ सय ९९ रुपैयाँ पर्छ ।

एक तोलामा कति सुन हुन्छ ? लाल, आनी, तोला र ग्राम भनेको के हो ?

लाल, आनी, तोला र ग्राम नेपालमा सुन जोख्ने इकाई हुन् । सुन तौलिने सबैभन्दा सानो इकाई हो पैंट । १० पैंट बराबर एक लाल हुन्छ । नेपालमा ग्रामको हिसाब भने कमै मात्र हुन्छ ।


पैंट र लालपछिको ठूलो इकाई हो आनी, एक आनी बराबर ६ लाल २ पैंट सुन हुन्छ ।

तोला नेपालमा प्रचलित सुन जोख्ने ठूलो इकाई हो । एक सय लाल बराबर एक तोला हुन्छ । आनी अनुुसार हिसाव गर्ने हो भने १६ आनी बराबर एक तोला हुन्छ । एक तोलामा ११ दशमलव ६६४ ग्राम सुन हुन्छ ।

याे पनि पढ्नुस् 

सुनकाे भाउ घट्याे

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *