काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
सुनकाे भाउ घट्याे
काठमाडाैँ । स्थानीय बजारमा सुनकाे भाउ घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनकाे मूल्य प्रतिताेला ६ सय रूपैयाँले घटेकाे छ । शुक्रबार छापाला सुनका भाउ प्रतिताेला ८६ हजार ३ सय रूपैयाँ ताेकिएकाे छ । हिजाे नम्बररी सुन ८६ हजार ९ सयकाे भाउमा काराेबार भएकाे थियाे ।
महासंघका अनुसार शुक्रबार तेजाबी सुनकाे मूल्य ८५ हजार ८ सय ५० रूपैयाँ रहेकाे छ ।
चाँदीकाे भाउ भने स्थिर रहेकाे छ । हिजाे ताेलामा १० रूपैयाँले घटेकाे चाँदीकाे दरभाउ शुक्रबार यथावत छ । अाज पनि चाँदी प्रतिताेला १२ सय ३० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।
पछिल्लाे केहीदिन यता सुनकाे दरभाउमा घटबढ भइरहेकाे छ ।






