बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

छापावाल सुन र तेजावी सुनमा के फरक छ ? किन मूल्य फरक-फरक हुन्छ ?
काठमाडौँ । सुन बहुमुल्य पहेँलो धातु हो । नेपालमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दरभाउ निर्धारण गर्ने गर्छ । छापावाल र तेवावी सुनको मूल्य फरक फरक हुन्छ ।
सुनको गुणस्तर अनुसार विभिन्न क्यारेटमा वर्गीकरण गरिएको हुन्छ । १८ क्यारेट २२ क्यारेट र २४ क्यारेट शुद्धता अनुसार यसलाई विभिन्न क्यारेटमा छुट्याइन्छ । बजारमा अहिले ह्वाइट गोल्ड पनि पाइन्छ तर नेपालमा खासै प्रचलनमा छैन ।
यहाँ हामीले आज छापावाल सुन भनेको के हो तेजाबी सुन भनेको के हो किन यसको मूल्य फरक हुन्छ भन्ने बारेमा चर्चा गरेका छौँ ।
छापावाल सुनलाई नेपाली बजारमा वा स्थानीय भाषामा काँचो सुन वा नम्बरी सुन पनि भनिन्छ । छापावाल सुन सबैभन्दा उच्च कोटीको सुन हो । यो २४ क्यारेटको हुन्छ । यसमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ९९.९९ प्रतिशत शुद्ध भएको छाप लगाइएको हुन्छ, त्यसैले पनि यसलाई छापावाल सुन भनिएको हो । नम्बर लगाएको हुनाले मान्छेहरुले यसलाई नम्बरी सुन भनेका हुन् ।
तेजावी सुन भनेको एक पटक प्रयोग भइसकेको वा गहना बनाइसकेको र त्यसलाई गालेर फेरि तयार गरिएको सुन हो । यो रिफाइन गरि तयार गरिन्छ ।
छापावाला सुनको तुलनामा तेजावी सुनको मूल्य कम हुन्छ । छापावाला सुन विदेशबाट आयात गरिन्छ भने तेजावी सुन स्वदेशमै तयार हुन्छ । तेजावी सुन पनि २४ क्यारेटको नै हुन्छ हुन त । स्वदेश मै तयार हुने भएकाले यसको मूल्य तुलनात्मक रुपमा कम परेको हो ।