What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
होलीमा पानी ठानेर एसिड दलेपछि पाँच बालबालिका घाइते
What To Know
- Https.
- //fairnepal.
काठमाडौं । काठमाडौंको शंखरापुरमा होली खेल्ने क्रममा स्थानीय बालबालिकाले अन्जानमा पानी भनेर एसिड आपसमा दल्दा पाँचजना घाइते भएका छन् ।
शंखरापुर–१ स्थित नविन ग्राममा डेरी सञ्चालनका क्रममा प्रयोग भएको एसिड चलाउँदा पाँचजना घाइते भएका हुन्।
प्रयोग भइसकेको एसिड बालबालिकाले होली खेल्दै जाने क्रममा अन्जानमा एकअर्कालाई दलेका हुन्।
एसिडका कारण घाइते भएकी १६ वर्षकी अश्मिता तामाङ्ग र ११ वर्षका सविन तामाङ्गको स्थानीय शुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। ९ वर्षका विशाल तामाङ्ग उपचारपछि घर फर्केका छन्।
एसिडका कारण हात जलेका १७ वर्षका पवन पहरी र आकाश तामाङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डेरी सञ्चालक केशव नेपाललाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएर बौद्धमा राखिएको प्रहरीले जनाएको छ।
याे पनि पढ्नुहाेस्
हाेली खेल्दा युवाहरूबीच झडप, २ जनाकाे मृत्यु १५ जना भिरबाट खसेकाे आशङ्का (भिडियाेसहित)
हाेली मेला झडप : मृतकको शव परीक्षण हुँदै, प्रहरी टोली घटनास्थलमा (अपडेट)






