बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

राष्ट्र बैंकको आयोजनामा रामपुरमा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम
पाल्पा,६ फाल्गुन ।
सुनिल कार्की ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय भैरहवाको आयोजनामा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । पाल्पाको रामपुर नगरपालिका वडा नं १० बर्दलेमा रहेको भानुभक्त माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि वित्तीय सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो ।
विद्यार्थी, शिक्षक तथा अभिभावक गरि करिब १२० जनाको उपस्थिति रहेको कार्यक्रममा बचत, लगानी, कर्जा, बैंक तथा वित्तीय संस्थाको काम, बैंकबाट सेवा लिने तरिका, बैंकिङ कसुर, बैंकिङ ठगि, नेपाल राष्ट्र बैंकको काम जस्ता विषयहरूको आधारभूत जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रमको प्रमुख प्रशिक्षकको रुपमा रहनुभएका गभर्नर कार्यालयका निर्देशक नारायण पोखरेलले बैंकिङ करिअर,यसको सम्भावना र चुनौति बारे जानकारी दिनुभएको थियो भने राष्ट्र बैंकको काम कर्तब्य,अधिकार र राष्ट्रको अर्थतन्त्र विकास, विस्तार, पुर्नउत्थान र नियन्त्रण बारे प्रष्ट पार्नुभएको थियो । साथै उहाँले विद्यार्थी, अभिभाव र शिक्षकले राखेका जिज्ञासको उत्तर समेत दिनुभएको थियो ।
प्रधान सहायक भविश्वर पोखरलले सक्कली र नक्कली नोट पहिचान गर्ने तरिकाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयाल अध्यक्षता र सहायक निर्देशक रमेश कुमार न्यौपानको सहजीकरणमा सम्पन्न भएको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय भैरहवामा सहायक द्धितीयमा कार्यरत प्रदिप घिमिरेले जानकारी दिनुभयो ।