What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

पाल्पाको तिनाउ १ कचलमा स्थायि बन्ध्याकरण तथा एकिकृत परिवार नियोजन शिविर
What To Know
- तिनाउ गाउँपालिका वडा नं १ को कचल स्वास्थ्य चौकिमा आयोजित कार्यक्रमको उद्घघाटन गर्दै गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले गाउँठाउँमै आएर सेवा दिएको प्रति आयोजक प्रति धन्यवाद दिनुभयो । उपाध्यक्ष थापाले परिवार नियोजनको यस प्रकारको सेवा प्रवाहाले सन्तानको इच्छा भएका र पुरा भएका दुबैलाई फाइदा पुग्ने बताउनुभयो । साथै उहाँले यस्तै खालको शिविरलाई तिनाउका विभिन्न ठाउँमा निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।.
- कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका खोप अधिकृत ओम प्रकाश पन्थी, नेपाल परिवार नियोजन संघ पाल्पा शाखा प्रबन्धक सोवाकान्त न्यौपाने, स्वास्थ्य कार्यालय पाल्पाका परिवार नियोजन सुपरभाइजर प्रभास पन्थी लगायतले मन्तब्य राख्दै लकडाउनले प्रजनन दरमा वृद्धि हुन सक्ने प्रक्षेपण विभिन्न अनुशन्धानले गरेको भन्दै परिवार नियोजनको फाइदा,साधन राखेपछि ध्यानदिनुपर्ने उपाय,जन्मन्तर,पोषण खाना,खोल आवश्यकता र महत्व,गर्भ अवस्थामा ध्यान दिनुपर्ने उपाय,भेदभाव लञ्छाना कसरी थाहा पाउने लगायतको बारेमा जानकारी दिनुभएको थियो ।.
पाल्पा,६ फाल्गुन ।
सुनिल कार्की ।
जिल्लाको तिनाउ गाउँपालिका १ कचलमा स्थायि बन्ध्याकरण तथा एकिकृत परिवार नियोजन शिविर सम्पन्न भएको छ । स्वास्थ कार्यालय र नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको आयोजना एवं तिनाउ गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन गरिएको हो । कोरोना संक्रमणको कारणले परिवार नियोजन सेवा लिनबाट बञ्चित भएका सेवाग्राही सेवा घरदैलोमै पाएपछि खुशी भएका छन । बन्दाबन्दीका कारण सेवा लिन सदरमुकाम तानसेन र बुटवल जान नपाएका महिला दिदिबहिनिहरुले आफ्नै गाउँठाउँमा सेवा दिएको प्रति धन्यवादन समेत दिएका छन ।
शिविरमा परिवार नियोजनको स्थायी बन्ध्याकरण,लामो अवधिको अस्थायी साधन, पाठेघरको मुखको क्यान्सर परिक्षण (VIA) एवं एकीकृत प्रजनन स्वास्थ्य सेवा शिविरमा प्रदान गरिएको शाखाका प्रबन्धक शोबाकान्त न्यौपानेले बताउनुभयो । शिविरमा इम्प्लानट सेवा २८ जना, आइ. यु. सिडि १ जना,पाठेघरको मुखको क्यान्सर परिक्षण ४६ जना, पुरुषहरूको स्थायी बन्ध्याकरण भ्यासेकटोमि सेवा ४ जनाले लिएको शाखा प्रबन्धक न्यौपानेले जानकारी दिनुभयो ।
तिनाउ गाउँपालिका वडा नं १ को कचल स्वास्थ्य चौकिमा आयोजित कार्यक्रमको उद्घघाटन गर्दै गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले गाउँठाउँमै आएर सेवा दिएको प्रति आयोजक प्रति धन्यवाद दिनुभयो । उपाध्यक्ष थापाले परिवार नियोजनको यस प्रकारको सेवा प्रवाहाले सन्तानको इच्छा भएका र पुरा भएका दुबैलाई फाइदा पुग्ने बताउनुभयो । साथै उहाँले यस्तै खालको शिविरलाई तिनाउका विभिन्न ठाउँमा निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका खोप अधिकृत ओम प्रकाश पन्थी, नेपाल परिवार नियोजन संघ पाल्पा शाखा प्रबन्धक सोवाकान्त न्यौपाने, स्वास्थ्य कार्यालय पाल्पाका परिवार नियोजन सुपरभाइजर प्रभास पन्थी लगायतले मन्तब्य राख्दै लकडाउनले प्रजनन दरमा वृद्धि हुन सक्ने प्रक्षेपण विभिन्न अनुशन्धानले गरेको भन्दै परिवार नियोजनको फाइदा,साधन राखेपछि ध्यानदिनुपर्ने उपाय,जन्मन्तर,पोषण खाना,खोल आवश्यकता र महत्व,गर्भ अवस्थामा ध्यान दिनुपर्ने उपाय,भेदभाव लञ्छाना कसरी थाहा पाउने लगायतको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा परिवार नियोजन संघ पाल्पा शाखाका स्वास्थ्यकर्मीको प्राविधि सहयोगमा भएको हो ।