पाल्पामा निर्माणाधीन निशान भगवति मन्दिरलाई भुपू सैनिकद्धारा आर्थिक सहयोग

पाल्पा,फाल्गुन ५ ।
सुनिल कार्की ।
समुदाय स्तरबाट निर्माण गरिएको पाल्पाको निशान भगवती मन्दिरलाई पाल्पाली भुुपू सैनिकहरुले आर्थिक सहयोग गरेका छन । नेपाली सेनाबाट अवाकाश प्राप्त राष्ट्रिय भुतपूर्व सैनिक संघ पाल्पाले रु १ लाख ५ हजार ५ सय पाँच रुपौयाँ नगद सहयोग गरेको हो ।
राष्ट्रिय भुतपूर्व सैैनिक संघ पाल्पाले एक कार्यक्रमको आयोजना गरि निर्माणाधीन निशान भगवती मन्दिर परिसरमै संघका जिल्ला अध्यक्ष देव बहादुर भाटले मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष भिमसेन कार्कीलाई रकम हस्तान्त्रण गर्नुभएको थियो । रकमको हस्तान्त्रण पाल्पा स्थित नेपाली सेनाको गोरख दल गण पाल्पाका गणपति प्रमुख सेनानि जनक कुमार बस्नेतको सहभागितमा उपभोक्ता समितिका अध्यक्ष कार्कीलाई हस्तान्त्रण गरिएको हो ।

 आर्थिक सहयोग रकम हस्तान्त्रण कार्यक्रममा भुतपूर्व सैनिक संघ पाल्पाका पदाधीकारी,भगवति निशान मन्दिर उपभोक्ता समितिका सदस्यहरु,स्थानिय र सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
पाल्पामा समुदाय स्तरबाट निर्माण भएको पहिलो धार्मिक एवं एैतिहासिक महत्व बोकेको निशान भगवती मन्दिरको निर्माणको क्रममा भएको रकम अभावलाई मध्य नजर गर्दै राष्ट्रिय भुतपुर्व सैनिक संघ पाल्पाले आर्थिक सहयोग गरेको हो । जिल्लाको नयाँ पर्यटकीय र धार्मीक गन्तब्यको रुपमा विकास गर्ने लक्ष्य रहेको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष भिमसेन कार्कीले बताउनुभयो । कको सहकार्यमा सम्पदा निर्माण भएपछि स्थानिय स्तरमा सहयोग जुट्न थालेको निर्माण समितिका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

 निशान भगवती मन्दिर निर्माणमा नेपाली सेनाको पाल्पा स्थित गोरखदल गण पाल्पाका पदिक तथा सकल दर्जाले निरन्तर श्रमदान गरि रहेका छन । पर्यटकीय नगर तानसेनमा निर्माण भएको निशान मन्दिर निर्माण सम्पन्नताको अन्तिम तयारीमा रहेको गणका गणपति जनक कुमार बस्नेतले जानकारी दिनुभयो । निशान मन्दिर निर्माणप्रति जिल्लाबासीको सकारात्मक प्रभाव परेकोले यसले नागरिक सैनिक सम्र्पक विस्तारमा समेत महत्वपुर्ण भुमिका खेल्ने गणपति बस्नेतले बताउनुभयो ।

 आकर्षक संरचना र पुर्वाधार सहित निर्माणाधीन निशान मन्दिरको निर्माण सम्पन्न पछि पाल्पा सहित पश्चिम नेपाल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको लागि रमणीय पर्यटकीय गन्तब्यको रुपमा विकास हुने अपेक्षा पाल्पाली समुदायले लिएका छन ।
जिल्लाका समाजसेवि,स्थानिय सरकार,प्रदेश सरकारले सिमित आर्थिक सहयोग गरेको भए पनि संरचनाको लागत बढी हुँदा निर्माणमा समस्या भएको उपभोक्ता समितिले जनाएको छ । निशान भगवति मन्दिर निर्माण उपभोक्ता समितिले आर्थिक सहयोग गर्न इच्छुक दातालाई आबहन समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *