हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
प्रचण्डमाथि ओलीका वचन वाण (भिडियोसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि र राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेपछि लोकतन्त्रको रक्षा गर्न आफूले बाध्य भएर पछिल्लो कदम चालेको प्रष्ट पार्नुभएको छ ।
बुधबार राजधानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संविधानको धारा ७६ अनुसार आफूले प्रतिनिधिसभा विघटन गरेको बताउनुहुँदै उहाँले आफ्नो कदम असंवैधानिक नभएको जिकीर गर्नुभएको हो । उहाँले संसद पुनस्र्थापना गर्न संविधानले मिल्दैन, त्यो सपना नदेख्न आग्रह गर्नुभयो ।
लोकतान्त्रिक गणतन्त्र विचार टुङ्गो लगाएर आफूहरु अघि बढेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले मुलुकको लोकतन्त्रलाई खतरामा पर्न नदिइने प्रतिवद्धता जनाउनुभयो । सामाजिक न्यायसहितको लोकतन्त्र, सुशासन र आर्थिक विकासकै बाटोमा लोकतन्त्र जानुपर्छ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव समुहले आफुले राम्रो काम गर्न खोज्दा-खोजदै पनि काम गर्न नदिएको आरोप लगाउनुभयो । उहाले गणतन्त्र र महिलाहरूप्रति प्रचण्ड-माधव पक्षको धारणा कस्तो छ भन्ने कुरा उनीहरुको नाराले नै देखाइसकेको तर्क गर्नुभयो ।
उद्योग मन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य लेखराज भट्टले राजनीतिक वैचारिक विचलन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा देखिएको बताउनुभयो ।
पार्टी एकताको नाममा सिङ्गो नेकपा (माओवादी केन्द्रं) लाई एकताको नाममा तत्कालिन नेकपा (एमाले) सँग मिलाएर अहिले वैचारिक विचलनकै कारण अलग हुनुभएको नेता भट्टले टिप्पणी गर्नुभयो ।
अध्यक्ष प्रचण्ड देशको नेता नभएर स्वार्थको नेता भएको उहाँले टिप्पणी गर्नुभयो ।
प्रचण्ड-माधव पक्ष पद र स्वार्थका लागि मात्र केन्द्रित भएकाले त्यो पक्षमा गएर देश र जनताको भलाई नहुने उहाँले बताउनुभयो ।
प्रचण्ड-माधव समूहलाई जनादेशमा जाने आँट नरहेको टिप्पणी गर्नुहुँदै नेता भट्टले जनादेशबेगर पद पाउने अध्यक्ष प्रचण्डलाई बानी परेको बताउनुभयो ।
दुई ठाउँबाट हारेका नेता माधवकुमार नेपाललाई त्यतिबेला प्रधानमन्त्री बनाएर प्रचण्डले जनमतको अपमान गरिसकेकोले अहिले जनमतको सम्मान गर्ने कुरा गर्नु हास्यास्पद भएको बताउनुभयो । ०००