हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
आजदेखि अनलाइनमार्फत पुनः श्रम स्वीकृति
काठमाडौँ । वैदेशिक रोजगार विभागले आजदेखि अनलाइनमार्फत पुनः श्रम स्वीकृति खुलाएको छ ।
विभागले सूचना जारी गर्दै अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृतिको कार्य शुक्रबारदेखि खुला हुने जानकारी दिएको हो । बिदामा आएका वा विदेशमा रहेका श्रमिकले अनलाइनमार्फत नै पुनः श्रम स्वीकृति लिन पाउनेछन् ।
विभागका अनुसार एकपटक आँखा वा औंठाछापको स्क्यान लिइसकेका श्रमिकले मात्रै अनलाइनमार्फत आफ्नो श्रम नवीकरण गर्न पाउने छन् । अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन विभागको वेवसाइट https://dofe.gov.np/ मा गई अनलाइन श्रम स्वीकृति मार्फत फारम भर्नुपर्छ । फारम भरेपछि शाखा छान्ने बेलामा अनलाइन ब्रान्च छान्नुपर्छ ।
श्रम स्वीकृतिको क्रममा कुनै कारणले आवेदन रद्द भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोवाइल र आवेदन गर्दाको यूजर अकाउन्टमा सूचना आउनेछ । त्यसकारण फारम भर्दा आफ्नो मोवाइल नम्बर र इमेल ठेगाना सही प्रयोग गर्नपर्छ । साथै श्रम स्वीकृतिको लागि आवेदन गर्दाको यूजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्छ ।
श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको एफइआइएमएसको यूजर अकाउण्ट र इमेल ठेगाना दुवैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ । तपाईँ आफैंले आवश्यकता अनुसार त्यसलाई प्रिन्ट गर्न सक्नुहुन्छ ।
पुनः श्रम स्वीकृति लिंदा म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम अनलाइनमार्फत नै तिर्न सकिन्छ । यसरी अनलाइनमार्फत तिर्दा कुनै शुल्क लाग्दैन ।
ईसेवा फोन पे प्रालि, स्प्यारो पे प्रालिबाट रकम तिर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ । ०००