पहुँचवाला जुवाडेलाई उन्मुक्ति दिदै नुवाकोट प्रशासन र प्रहरी

विदुर । दशैँ तिहार लागेसँगै आजभोलि नुवाकोटका टोलटोलमा जुवाका खाल भेटिन्छन् । बिदुरका अधिकांश जुवाका खालमा स्थानीय नेता र जनप्रनिधि नै बसेका हुन्छन् । तर स्थानीय प्रशासन र प्रहरी राजनीतिक दवाब र पहुँचको प्रभावमा पर्दा पक्राउ परेका जुवाडेहरु सुटुक्क छुट्ने गरेका छन् ।

राजनीतिक दवाबमा प्रहरीले कारवाही नगर्दा जुवाडेलाई झन् एक्का त्रिबल पर्ने गरेको छ । न कारवाही न बदनामी सबै कुरा गुपचुप मै मिलेमतो हुने गरेको छ । पटक पटक रातारात जुवाडे उम्काउन थालेपछि प्रमुख जिल्ला अधिकारी र नुवाकोट प्रहरी प्रमुखले नै कानूनको धज्जी उडाएको आरोप लाग्न थालेको छ ।

पहूँचवालाको पावर र राजनीतिक दबाव नआउने उजुरीका मुद्दालाई अतिरञ्जित समेत गराउने र राजनीतिक दबाव आउनसक्ने वा आउने मुद्दालाई पन्छाउने गरेको उनीहरुमाथि स्थानीयको आरोप छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल र प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नुवाकोटमा प्रहरी र प्रशासन प्रतिको विश्वास नरहेको भन्दै चर्को आलोचना हुने गरेको छ ।

नुवाकाेटका पाँच क्रसर उद्योग बन्द

जुवाका खालबाटै रङ्गेहात पक्राउ परेका जुवाडेलाई पनि शक्तिको आडमा कानून अनुसार कारवाही नगरी छुट दिने गरेका छन् । पक्राउ परेकाहरुलाई साँझ परेपछि सुटुक्क घर पठाउने गरेको घटना दोहोरिँदै आएको छ । प्रहरीले आमनागरिकको अगाडी जुवाडेलाई पक्राउ गरेको देखाउने तर साझँ परेपछि उनीहरुलाई आफ्नै घर पठाउने गर्दै आएको खुलेको छ । दशैँ शुरु भए यता पटक पटक जुवाको खालबाट उठाएर लगे पनि कसैलाई कारवाही भएको छैन ।

जुवाडेलाई पक्राउ गरेको केही समयमा नै मुद्दा दर्ता गरेर हिरासतमा राख्नु पर्ने थियो तर जुवाडेहरुलाई आ–आफनो घर पठाउने काम अहिलेको सिडियो ढकाल र एसपी कार्कीको पालामा मात्र भईरहेको पहिलोपटक हो । यस भन्दा पहिलाका प्रशासन प्रमुख र प्रहरी प्रमुखले मुद्दा दर्ता गरि सात देखि पन्ध्र दिन सम्म हिरासतमा राखी अनुसन्धान गरी धरौटीमा छुट्ने गरेका थिए । तर यसपालि भने कानुनलाई नै धोति लगाउने काम सिडियो ढकाल र एसपी कार्की आफुले नै कानुन मिचेको स्पष्ट देखिन्छ ।

नुवाकोटमा राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरुसंग समीकरण बिग्रिएकोले सन्तुलनमा ल्याउन प्रमुख जिल्ला अधिकारीले एसपी कार्कीलाई नेताहरुको अनुकुल हुन परिचालन गर्न थालेका छन् । ‘प्रहरीलाई उनीहरुको काममा दबाव दिने गरेको छैन हजुर भन्छन् भन्नलागि चाँही सिडिओले, तर एसपी कार्की सिडिओ ढकालको कमाण्डमा छन्, समाचार श्रोतले भन्यो– ‘सिडिओ र एसी स्याङ्जाका मात्रै होइनन्, एउटै गाउँका पनि हुन् । यिनीहरु यस अघिनै काम गर्दा धेरै कुरामा सहभागि र हिस्सेदार बनिसकेका छन् ।’

याे पनि पढ्नुस् 

बेलकोटगढीका विपद् प्रभावित सुरक्षित स्थानमा 

जिल्ला प्रशासन कार्यालयमा झोलुङ्गो र स्तनपान कक्ष

नुवाकोटमा थप सात दिन निषेधाज्ञा

दुई करोड १५ लाखभन्दा बढी राजश्व सङ्कलन

वन्यजन्तु मारेको अभियोगमा मुद्दा दर्ता

बिहिवार विदुर नगरपालिका वडा नं. ५ पिपल्टारमा जुवाको खालबाट पक्राउ परेकाहरुलाई प्रहरीले त्यसै छाडेको छ । दिउँसो तास खेल्दा खेल्दै समातिएका वडा सदस्यको श्रीमान सहितका टोलीलाई प्रहरी प्रमुख कार्कीले ‘सम्मानपुबर्क’ छाडेका छन् । प्रमुख जिल्ला अधिकारी ढकाल र एसपी कार्कीले नेकपा र काँग्रेसका नेताहरु रिझाउन मुद्दा समेत दर्ता नगरी घर पठाएका छन् । तासको खालबाट समातिनेहरुमा दुबै पार्टीका स्थानीय नेताहरु रहेका छन् ।

विदुर नगरपालिका वडा नं. १२ का वडा सदस्यले छिमेकीलाई दशैं अगाडी मरणासन्न हुने गरी कुटे । ठाकुरप्रसाद भट्ट र उनको बृद्ध आमा अहिले पनि काठमाडौंको ग्रिनसिटी अस्पतालमा उपचार गरिरहेका छन् । वडा सदस्य खड्गराज भट्टले असोज ८ गते सामान्य विवादमा अंगभंग हुनेगरी कुटेका छन् । नुवाकोट प्रहरीले यो मुद्दा अहिलेसम्म दर्ता गरेको छैन । पीडित परिवारका अनुसार प्रहरी प्रमुख कार्कीले उनीहरुलाई मिल्न दबाव दिइरहेका छन् ।

नुवाकाेटका अरू समाचार हेर्न यहाँ क्लिक गर्नुस्

यस्तै, भदौ १९ गते विदुर नगरपालिका वडा नं. ७ तुप्चेबाट ९ जना जुवाडे पक्राउ परेका थिए । त्यसबेला भर्खरै नुवाकोट हाजिर हुन आएका एसपी तुलबहादुर कार्कीले नेकपा नेतालाई खुसी पार्न उनीहरुलाई बेलुका खाना खान घरमै पठाइदिए । श्रोतका अनुसार त्यो मुद्दा पनि दर्ता गरिएको छैन । तुप्चेको सो जुवाको खालबाट बरामद भएको रकम पनि उनीहरुलाई नै प्रहरीले फिर्ता गरेको थियो ।

तारकेश्वर गाउँपालिकाका तीन वटा वडाअध्यक्षको बिरुद्धमा पत्रकारले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दिएको छ । गएको असार १० गते तारकेश्वर गाउँपालिका वडा नंं. १ का अध्यक्ष दयानिधी अधिकारी, वडा नं. ३ का अध्यक्ष सुर्यमान श्रेष्ठ र वडा नं. ६ का अध्यक्ष ज्ञानेन्द्र तामाङले टिभि त्रिशुलीको क्यामेरा तोडफोड गर्दै पत्रकारहरुलाई ज्यान मार्ने धम्की दिएका थिए । पत्रकार महासंघ नुवाकोटका कार्य समिति सदस्य सुजित भण्डारीले असार १२ गते उनीहरु विरुद्ध दिएको उजुरीको अहिलेसम्म सुनुवाई भएको छैन । उनीहरु सबै काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् । ‘प्रहरी र प्रशासनका प्रमुखहरु शक्तिको पुजारी देखिएको छ, नुवाकोटमा न्याय पाइदैन’ पत्रकार भण्डारीले भने ।

वडा अध्यक्षहरुले तोडफोड गरेको उक्त क्यामेराको क्षतीपुर्ती टिभि त्रिशुलीले अहिलेसम्म पाएको छैन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी तुलबहादुर कार्कीले पटक पटक यस घटनाको विषयमा अनभिज्ञता प्रकट गर्दै आएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *