हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
कोरोना अपडेट : काठमाडौँ उपत्यकामा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित
काठमाडौँ । काठमाडौँ उपत्यकामा १ सय ७२ सहित देशभर ६ सय ४१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ६ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या २६ हजार ६६० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उपत्यकामा थपिएका १ सय ७२ जनामध्ये काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितहरूको सङ्ख्या नौ हजार २ सय २१ रहेको छ ।
हाल आठ हजार जनामा आइसोलेसनमा रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । होम आइसोलेसनमा ४ सय ९७ रहेका छन् । क्वारेन्टाइनमा १५ हजार २ सय ४३ रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ सय ३४ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १७ हजार ३ सय ३५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जना पुरुषको मृत्यु भएको छ । योसँगै मृतकको सङ्ख्या एक सय ४ पुगेको छ । ०००