काठमाडौँको नयाँबानेश्वर थापागाउँ सिल

काठमाडौँ । कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौंको नयाँबानेश्वर, बुधनगर, थापागाउँ, बिजुली बजार क्षेत्र सिल गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० को कार्यालयले नयाँबानेश्वर, बुद्धनगरसहित आफ्नो वडा क्षेत्रमा सिल गरेको हो । कोरोना संक्रमण फैलिरहेकाले यस १० नम्बर वडा अन्तर्गत धेरै जनामा कोरोना पोजेटिभ देखिएकाले नागरिकको भीड बढेसँगै जोखिम पनि बढ्ने हुँदा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि सिल गरिएको वडा कार्यालयले जनाएको छ ।

सिल गरिएपछि वडाभित्र कडाई पनि गरिएको छ । भित्रि गल्लीमा खुलेका खाजागरलाई प्रहरीले बन्द गराएको छ भने अटेर गर्नेलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

वडा कार्यालयकाअनुसार वडाभित्र फुटपाथ पसल, मठ मन्दिरमा नित्यबाहेका अन्य पूजापाठ, कवाडी संकलन, चिया पसल, पान पसल, मदिराको खुद्रा बिक्री गर्न निषेध गरेको छ । त्यस्तै जिमहल, व्युटी पार्लर, सैलुन सञ्चालन गर्न र भीडभाड हुने कुनै पनि कार्य गर्न रोक लगाइएको छ । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *