नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सुशासन समितिले अर्थ र गृहमन्त्रीलाई किन बोलायो ?
काठमाडौं । संसदकाे दिगो विकास तथा सुशासन समितिले अर्थ मन्त्री डा. युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापा बादललार्इ बोलाएकाे छ। उनीहरुसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरी समितिले बाेलाएकाे हाे।
मंगलबार बसेको समितिको पहिलो बैठकले दिगो विकाससम्बन्धी कार्ययोजनाबारे जानकारी लिन अर्थमन्त्री खतिवडा र सुशासनको योजनाबारे जानकारी लिने निर्णय गरी बाेलाइएकाे मितिका जेष्ठ सदस्य दिनानाथ शर्माले जानकारी दिनुभयाे ।
राष्ट्रसंघ र संविधानमा व्यवस्था गरिए बमोजिम दिगो विकासका लागि सरकारको कार्ययोजनाबारे जानकारी लिन मन्त्रीहरुलाई बोलाइएकाे शर्माले बताउनुभयाे ।
संसदीय समिति गठन भएपछि समितिहरूले काम गर्न शुरू गरेका छन् । लामाे कसरतपछि संसदीय समिति गठन गरिपनि तिनका संयाेजक भने ताेकिएकाे छैन ।