सुदूरपश्चिम प्रदेश सरकारको बजेट ३३ अर्ब ३८ करोड

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ ।

सोमबार आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले सोमवार प्रदेशसभामा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बजेट प्रस्तुत गर्नुभएको हो । अगामी आर्थिक वर्षको कुल विनियोजन मध्ये चालू तर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार रहेको छ ।

अन्तर सरकारी वित्तिय व्यवस्थापन तर्फ २ अर्ब १३ करोड ५० लाख अर्थात् ६.४ प्रतिशत तथा वितिय व्यवस्थापन तर्फ ३० करोड अर्थात ०.९ प्रतिशत रहेको छ । प्रदेश सरकारले यो पटकको बजेटमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेको छ । स्वास्थ्य क्षेत्र सुधारका साथै कृषि, सडक, खानेपानी, सिँचाई, ऊर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको मन्त्री बोहराले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब २६ करोड ६६ लाख बजेट विनियोजन गरेको उहाले बताउनुभयो । त्यस्तै बिकासका आयोजनालाई पनि निरन्रता दिने गरि बजेट ल्याएको बोहराले जानकारी दिनुभयो । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *