प्रदेश १ को बजेट ४० अर्ब ८९ करोड

What To Know

  • कुल विनियोजनमध्ये चालु तर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात् ४६ दशमलव २९ प्रतिशत र पुँजिगत २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ प्रतिशत रहेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सोमबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै वित्तीय व्यवस्थापन तर्फ ४ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको बताउनुभयो ।.
  • शिक्षातर्फ स्मार्ट विद्यालय निर्माणका लागि १६ करोड बजेट विनियोजन गरिएको छ । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई लक्षित गरी ३ करोड, मुख्यमन्त्री युवा उद्यम कार्यक्रममा २५ करोड बजेट विनियोजन गरिएको छ । पूर्वाधार तथा यातायात क्षेत्रमा ८ अर्ब ७४ करोड, सहरी विकासतर्फ १ अर्ब ३७ करोड ३९ लाख, सिचाइ तथा नदी नियन्त्रणतर्फ ४ अर्ब ९ करोड, ऊर्जातर्फ उज्यालो कार्यक्रमका लागि ४ करोड बिनियोजन गरिएको छ । ०००.

बिराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

कुल विनियोजनमध्ये चालु तर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात् ४६ दशमलव २९ प्रतिशत र पुँजिगत २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ प्रतिशत रहेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सोमबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै वित्तीय व्यवस्थापन तर्फ ४ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको बताउनुभयो ।

बजेटमा कृषितर्फ ३ अर्ब ८३ करोड १६ लाख बजेट विनियोजन गरेको छ । स्वास्थ्यतर्फ कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रलाई सरुवा रोग तथा अनुसन्धान केन्द्रमा रुपान्तरणका लागि ५० करोड, मेची अस्पतालमा उपकरण खरिदका लागि २३ अर्ब, प्रदेशस्थित २५ शय्याको अस्पताललाई स्मार्ट अस्पतालको रुपमा विकास गर्न १ अर्ब १० करोड बजेट विनियोजन गरेको मन्त्री आङ्बेले बताउनुभयो ।

शिक्षातर्फ स्मार्ट विद्यालय निर्माणका लागि १६ करोड बजेट विनियोजन गरिएको छ । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई लक्षित गरी ३ करोड, मुख्यमन्त्री युवा उद्यम कार्यक्रममा २५ करोड बजेट विनियोजन गरिएको छ । पूर्वाधार तथा यातायात क्षेत्रमा ८ अर्ब ७४ करोड, सहरी विकासतर्फ १ अर्ब ३७ करोड ३९ लाख, सिचाइ तथा नदी नियन्त्रणतर्फ ४ अर्ब ९ करोड, ऊर्जातर्फ उज्यालो कार्यक्रमका लागि ४ करोड बिनियोजन गरिएको छ । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *