वाग्मती प्रदेशको बजेट ५१ अर्ब ४२ करोड

काठमाडौँ । वाग्मती प्रदेश सरकारले ५१ अर्बको बजेट ल्याएको छ ।

सोमबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङगेलले प्रदेससभामा आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट प्रस्तुत गर्नुभएको हो । कुल विनियोजन बजेटमध्ये चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार रहेको उहाँले बताउनुभयो ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फको बजेट ५१ द्यमलव १२ प्रतिशतर पुँजीगत तर्फको बजेट ४८.८८ प्रतिशत हो । बजेटको स्रोत व्यवस्थापनमा राजश्वबाट २० अर्ब ८३ करोड ७९ लाख, अन्तर सरकारी अनुदानबाट १७ अर्ब ८६ करोड ९८ लाख अन्य राजश्वबाट ५ अर्ब १२ करोड ९७ लाख र राजश्व बचतबाट अनुमानित ७ अर्ब ५० करोड हुने मन्त्री ढुङगेलले जानकारी दिनुभयो । बजेटले स्वास्थ्य कृषि र पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकता दिएको मन्त्री ढुङगेलले बताउनुभयो । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *