प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड

बुटवल । प्रदेश ५ ले आगामी आर्थिक बर्षका लागि ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ ।

सोमबार प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ का लागि कुल ३६ अर्ब ३५ करोड २५ रुपैंयाको बजेट सार्वजनिक गरेको हो । कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार, पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार रुपैंया बजेट विनियोजन गरिएको छ । प्रदेशसभा बैठकमा प्रदेशका मुख्यमन्त्री समेत रहेका तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्दै वास्थ्य क्षेत्र, कृषि क्षेत्र र रोजगारी प्रवद्र्धनमा बजेटलाई केन्द्रित गरेको बताउनुभयो ।

बजेटमध्ये आन्तरिक राजश्वबाट २ अर्ब ३ करोड ७५ लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरणतर्फ १७ अर्ब ६३ करोड ७१ लाख उठाइने बताइएको छ । त्यस्तै सशर्त अनुदानबाट ५ अर्ब ८८ करोड ३६ लाख समपूरक अनुदानतर्फ ४८ करोड ३३ विशेष अनुदानबाट र २१ करोड र चालु वर्षको खर्च हुन नसकेको रकमबाट ७ अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएको छ । अघिल्लो वर्ष प्रदेश ५ ले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैंयाको बजेट ल्याएको थियो । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *