बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

डोटी र बैतडीमा क्वारेन्टाइनमा बसेका दुई युवकको मृत्यु
काठमाडौं । डोटी र बैतडीमा क्वारेन्टाइनमा बसेका दुई युवकको मृत्यु भएको छ । भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएको हो ।
डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ३ बासुदेवीमा सात दिनअघि भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको छ । स्वास्थ्य कार्यालय डोटीका अनुसार आइतबार बिहान सीताराम आधारभूत विद्यालयको क्वारेन्टाइनमा ती युवकको मृत्यु भएको हो । उनी भारतको लुधियानाबाट फर्किएका थिए । आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको हो। उनी मुटुको रोगी रहेको बताइएको छ ।
त्यस्तै, बैतडीमा भारतबाट फर्किएकै दिन एक व्यक्तिको मृत्यु भएको छ । पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो ।
शनिबार बिहान मात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टाइनमा बसेका थिए । एक्कासी बेलुका साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राति साढे ८ बजेतिर मृत्यु भएको हो ।
मृतकको स्वाब सङ्कलन गरिएको र कोरोना भाइरसको परीक्षणका लागि धनगढी पठाइदैँछ ।