नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार नाघ्यो
काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ४६ हजार नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको हो ।
भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमण फैलिए यताकै २४ घण्टामा सबैभन्दा धेरै १० हजार ४३८ जना कोरोना संक्रमित थपिएका हुन् ।
सोही अवधीमा भारतमा कोरोनाले २९७ मृत्यु भएको छ । भारतमा कोरोनाका कारण हालसम्म ६ हजार ९४६ जनाको मृत्यु भइसकेको छ ।
भारतमा संक्रमितमध्ये १ लाख १८ हजार ६९५ निको भइसकेका छन् । ८ हजार ९४४ को स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारत विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमित देशहरुको सूचीमा छैटौं स्थानमा छ ।