नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सुन चाँदिको कारोबार शुरु, कति छ आजको मूल्य ?
काठमाडौँ । आइतबारबाट सुनचाँदिको कारोबार सुरु भएको छ । कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण बन्द रहेको सुनचाँदिको कारोबार आइतबारबाट सञ्चालनमा आएको हो ।
कोरोबार खुलेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य पनि प्रकाशित गरेको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ८७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य तोलाको ८६ हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको रहेको महासंघले जनाएको छ । चाँदीको मूल्य तोलाको नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
गत चैत्र १० गतेदेखि नै सुनचाँदी कारोबार बन्द भएको थियो । सरकारले आर्थिक क्रियाकलाप खुकुलो बनाउने निर्णय गरेसँगै आइतबारदेखि सुनचाँदीको भाउ प्रकाशित गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ०००